Text copied!
CopyCompare
पवित्र बाइबल - हितोपदेश - हितोपदेश 21

हितोपदेश 21:2-11

Help us?
Click on verse(s) to share them!
2हरेक मानिसको बाटो त्यसको आफ्नै दृष्‍टिमा ठिक छ, तर परमप्रभुले नै हृदयको जाँच गर्नुहुन्छ ।
3बलिदानभन्दा जे ठिक र न्यायसङ्गत छ, त्यही गर्नु परमप्रभुको लागि बढी ग्रहणयोग्य हुन्छ ।
4अहङ्कारी आँखा, घमण्डी हृदय र दुष्‍टको बत्ती पाप हुन् ।
5परिश्रमीका योजनाहरूले केवल उन्‍नतितिर लैजान्छन्, तर हतार काम गर्नेचाहिँ केवल दरिद्रतामा पुग्छ ।
6झुट बोलेर सम्पत्ति आर्जन गर्नु उडिजाने बाफ र मार्ने पासोजस्तै हो ।
7दुष्‍टहरूको हिंसाले तिनीहरूलाई तानेर लैजान्छ, किनकि ठिक काम गर्न तिनीहरू इन्कार गर्छन् ।
8दोषी मानिसको बाटो टेडो हुन्छ, तर निर्दोषले ठिक काम गर्छ ।
9झगडालु पत्‍नीसित एउटै घरमा बस्‍नुभन्दा कौसीको कुनामा बस्‍नु बेस हुन्छ ।
10दुष्‍टको भोकले खराबीको लालसा गर्छ । त्यसको छिमेकीले त्यसको आँखामा निगाह देख्दैन ।
11खिल्ली गर्नेलाई दण्ड दिइँदा निर्बुद्धि बुद्धिमान् बन्छ, र बुद्धिमान् मानिसलाई अर्ती दिइँदा त्यसले ज्ञानलाई पक्रिराख्छ ।

Read हितोपदेश 21हितोपदेश 21
Compare हितोपदेश 21:2-11हितोपदेश 21:2-11