Text copied!
CopyCompare
पवित्र बाइबल - हितोपदेश - हितोपदेश 20

हितोपदेश 20:16-23

Help us?
Click on verse(s) to share them!
16परदेशीको जमानी बस्‍नेको खास्टो पनि खोस्‍नू, र त्यसले अनैतिक स्‍त्रीको लागि यसो गरेको भए त्यो धरौटी राख्‍नू ।
17छलद्वारा प्राप्‍त रोटीको स्वाद मिठो होला, तर पछि त्यसको मुखभरि रोडा हालेसरह हुन्छ ।
18सरसल्लाहद्वारा योजनाहरू स्थापित हुन्छन्, र बुद्धिमान् मार्ग-दर्शनद्वारा मात्र तैँले लडाइँ लड् ।
19कुरौटेले गुप्‍त कुराहरू बाहिर ल्याउँछ । त्यसैले धेरै कुरा गर्ने मानिसहरूसित सङ्गत नगर् ।
20कसैले आफ्नो बुबा वा आफ्नी आमालाई सराप्यो भने निस्पट्ट अन्धकारमा त्यसो बत्ती निभाइने छ ।
21सुरुमा झट्टै प्राप्‍त गरेको पैतृक-सम्पत्तिले अन्त्यमा थोरै भलाइ गर्ने छ ।
22यसो नभन्, “म यस खराबीको बदला लिने छु ।” परमप्रभुको प्रतीक्षा गर्, र उहाँले तँलाई छुटकारा दिनुहुने छ ।
23परमप्रभुले असमान ढकहरूलाई घृणा गर्नुहुन्छ, र बेइमान तराजुहरू ठिक होइनन् ।

Read हितोपदेश 20हितोपदेश 20
Compare हितोपदेश 20:16-23हितोपदेश 20:16-23