Text copied!
CopyCompare
पवित्र बाइबल - हितोपदेश - हितोपदेश 16

हितोपदेश 16:21-28

Help us?
Click on verse(s) to share them!
21हृदयमा बुद्धिमान् हुनेलाई विवेकशील भनिन्छ, र मिठा बोलीवचनले सिकाउने क्षमताको विकास गर्छ ।
22समझशक्ति भएको व्यक्तिको लागि त्यो जीवनको फुहारा हो, तर मूर्खहरूको अर्ती नै तिनीहरूको मूर्खता हो ।
23बुद्धिमान् व्यक्तिको हृदयले उसको मुखलाई अन्तर्दृष्‍टि प्रदान गर्छ, र उसको ओठमा विश्‍वसनीयता थप्छ ।
24मिठा वचनहरू महका चाकाजस्ता हुन्, जुन प्राणको लागि मिठो हुन्छ, र हड्‍डीहरूका लागि चङ्गाइ हुन्छ ।
25कुनै बाटो मानिसलाई सिधाजस्तो लाग्ला, तर अन्त्यमा त्यसले मृत्युमा पुर्‍याउँछ ।
26परिश्रमीको पेटले नै त्यसलाई काम गर्न लगाउँछ । त्यसको भोकले त्यसलाई अभिप्रेरित गर्छ ।
27बेकम्मा मानिसले खराबीको खाल्डो खन्छ, र त्यसको बोलीवचन पोल्ने आगोझैँ हुन्छ ।
28टेडो मानिसले द्वन्द्व निम्त्याउँछ, र कुरा काट्नाले घनिष्‍ठ मित्रहरूमा पनि फाटो आउँछ ।

Read हितोपदेश 16हितोपदेश 16
Compare हितोपदेश 16:21-28हितोपदेश 16:21-28