14जसरी आफ्नो हातको कामले मानिसलाई इनाम दिन्छ, त्यसै गरी आफ्नै वचनको फलबाट ऊ असल थोकहरूले भरिन्छ ।
15मूर्खको बाटो त्यसको आफ्नै दृष्टिमा ठिक हुन्छ, तर बुद्धिमान् मानिसले सरसल्लाह सुन्छ ।
16मूर्खले आफ्नो रिस तुरुन्तै देखाउँछ, तर अपमानलाई बेवास्ता गर्नेचाहिँ विवेकी मानिस हो ।
17सत्य बोल्नेले ठिक कुरा बोल्छ, तर झुटो साक्षीले झुटो कुरा बोल्छ ।
18असावधानसाथ बोल्नेका वचनहरू तरवारको घोचाइझैँ हुन्छन्, तर बुद्धिमान्को बोलीले चङ्गाइ ल्याउँछ ।
19सत्य बोल्ने ओठ सधैँभरि रहिरहन्छ, तर झुट बोल्ने जिब्रो केही क्षण मात्र टिक्छ ।
20खराबी गर्ने योजना बनाउनेहरूको हृदयमा छल हुन्छ, तर शान्तिका परामर्शदाताहरूमा आनन्द आउँछ ।
21धर्मात्मामाथि कुनै हानि आइपर्दैन, तर दुष्टचाहिँ कठिनाइहरूले भरिएको हुन्छ ।
22परमप्रभुले झुट बोल्ने ओठलाई घृणा गर्नुहुन्छ, तर विश्वासयोग्यसाथ जिउनेहरू उहाँका आनन्द हुन् ।