Text copied!
CopyCompare
पवित्र बाइबल - हितोपदेश - हितोपदेश 10

हितोपदेश 10:5-21

Help us?
Click on verse(s) to share them!
5बुद्धिमान् छोरोले ग्रिष्म ऋतुमा फसल जोहो गर्छ, तर कटनीको समयमा सुत्‍नेले अपमान ल्याउँछ ।
6परमेश्‍वरका उपहारहरू धर्मी व्यक्तिको शिरमा पर्छन्, तर दुष्‍टहरूको मुख हिंसाले ढाकिएको हुन्छ ।
7धर्मी व्यक्तिलाई सम्झनेहरूलाई उसले खुसी तुल्याउँछ, तर दुष्‍टहरूको नामचाहिँ सडेर जाने छ ।
8संवेदनशील हुनेहरूले आज्ञालाई स्वीकार गर्छन्, तर बकबके मूर्ख नष्‍ट हुने छ ।
9निष्‍ठामा हिँड्ने सुरक्षामा हिँड्छ, तर आफ्ना मार्गहरूलाई टेडो बनाउने पक्राउमा पर्ने छ ।
10द्वेषपूर्ण आँखा झिम्क्याउनेले शोक निम्त्याउँछ, तर बकबके मूर्ख फ्याँकिने छ ।
11धर्मात्माको मुख जीवनको पानीको फुहारा हो, तर दुष्‍टहरूको मुखमा हिंसा लुकेको हुन्छ ।
12घृणाले द्वन्द्व निम्त्याउँछ, तर प्रेमले सबै कुकर्मलाई ढाकिदिन्छ ।
13बुद्धि विवेकशील व्यक्तिको ओठमा पाइन्छ, तर लट्ठीचाहिँ समझ नभएको व्यक्तिको लागि हो ।
14बुद्धिमान् मानिसहरूले ज्ञान सञ्चय गर्छन्, तर मूर्खको मुखले विनाशलाई नजिक ल्याउँछ ।
15धनी मानिसको सम्पत्ति उसको किल्लाबन्दी गरिएको सहर हो, तर गरिबहरूको गरिबी तिनीहरूको विनाश हो ।
16धर्मी मानिसको ज्यालाले जीवनमा पुर्‍याउँछ, तर दुष्‍टहरूको लाभले पापमा पुर्‍याउँछ ।
17अनुशासनलाई पछ्याउनेको लागि जीवनको मार्ग छ, तर सुधारलाई इन्कार गर्ने कुबाटोमा लगिन्छ ।
18घृणालाई लुकाउने जोसुकैसित छली जिब्रो हुन्छ, र बदख्याइँ फैलाउनेचाहिँ मूर्ख हो ।
19जहाँ धेरै कुरा गरिन्छ, त्यहाँ अपराधको कमी हुँदैन, तर आफूले बोल्ने कुरामा सतर्क हुनेचाहिँ बुद्धिमानी हो ।
20धर्मी व्यक्तिको जिब्रो शुद्ध चाँदी हो, तर दुष्‍टहरूको हृदयमा थोरै मूल्य हुन्छ ।
21धर्मी व्यक्तिको ओठले धेरैलाई तृप्‍त पार्छ, तर समझशक्तिको कमीको कारण मूर्खहरू मर्छन् ।

Read हितोपदेश 10हितोपदेश 10
Compare हितोपदेश 10:5-21हितोपदेश 10:5-21