Text copied!
CopyCompare
पवित्र बाइबल - लेवीहरू - लेवीहरू 6

लेवीहरू 6:2-19

Help us?
Click on verse(s) to share them!
2“यदि कसैले विश्‍वासमा कायम भएको कुनै कुरा, वा वास्ता गर्नका निम्ति भनेर उसलाई राख्‍न दिइएको वा चोरी भएको कुनै कुराको विषयमा परमप्रभुको विरुद्ध पाप गर्दछ र विश्‍वासहीन कार्य गर्दछ, वा आफ्नो छिमेकीमाथि त्यसले अत्याचार गर्दछ भने,
3वा आफ्नो छिमेकीको कुनै हराएको कुरा त्यसले पाएर त्यसबारे झुटो बोल्छ, वा झुटो किरिया हाल्छ, वा मानिसहरूले पाप गर्ने यी कार्यहरूजस्तो कुनै गर्दछ भने,
4र यदि त्यसले पाप गरेको छ र त्यो दोषी ठहरियो भने, त्यसले चोरी गरेर वा अत्याचार गरेर लिएको, वा त्यसको जिम्मामा भएको, वा हराएर त्यसले पाएको सबै फिर्ता गरोस् ।
5साथै, त्यसले कुनै विषयमा झुटो किरिया हालेको भए, त्यो दोषी ठहरिएको दिनमा त्यसले त्यो पूर्ण रूपमा फिर्ता गरोस्, र त्यसको मूल्यको पाँचौँ भाग थपेर त्यसको मालिकलाई दिओस् ।
6त्यसपछि त्यसले परमप्रभुको अगि बगालबाट प्रचलित मूल्य बराबरको एउटा निष्‍खोट भेडा दोषबलि ल्याओस् र पुजारीलाई दिओस् ।
7पुजारीले परमप्रभुको अगि त्यसको निम्ति प्रायश्‍चित्त गर्ने छ, र त्यसले जेसुकै गरेर दोषी भएको भए तापनि त्यसलाई क्षमा हुने छ ।”
8अनि परमप्रभु यसो भनेर मोशासँग बोल्‍नुभयो,
9“हारून र त्यसका छोराहरूलाई यसो भनेर आज्ञा गर्नू, ‘होमबलिको विधि यस्तो रहेको छः होमबलि रातभर र बिहानसम्मै वेदीको चुल्होमाथि रहोस्, र वेदीको आगो बलिरहोस् ।
10पुजारीले आफ्ना सूतीका पोशाकहरू र भित्री वस्‍त्रहरू पहिरिने छ । होमबलि पूर्ण रूपमा आगोमा जलिसकेपछि त्यसबाट निस्केको खरानी त्यसले लिने छ, र त्यस खरानीलाई वेदीको छेउमा राख्‍ने छ ।
11त्यसले आफ्ना वस्‍त्रहरू फुकाल्‍ने छ र छाउनीभन्दा बाहिर शुद्ध स्थानमा खरानी लैजानको निम्ति अर्को वस्‍त्र पहिरिने छ ।
12वेदीको आगोलाई भने बालिराख्‍नू । त्यो ननिभोस्, र पुजारीले हरेक बिहान त्यसमा दाउरा बालोस् । त्यसले आवश्‍यक भएअनुसार त्यसमा होमबलिलाई मिलाएर राख्‍ने छ, र मेलबलिको बोसोलाई त्यसमा जलाउने छ ।
13वेदीमा आगो निरन्तर बालिराख्‍नू । त्यो ननिभोस् ।
14अन्‍नबलिको विधि यस्तो रहेको छ । परमप्रभुको अगि वेदीको सामु हारूनका छोराहरूले त्यो अर्पण गरून् ।
15अन्‍नबलिको पिठो, तेल र धूपबाट पुजारीले एक मुट्ठी चिन्हको रूपमा लिएर मिठो सुगन्ध दिनको निम्ति वेदीमा जलाउने छ ।
16हारून र उसका छोराहरूले त्यस भेटीबाट बाँकी रहेका सबै खाऊन् । त्यो सबै खमिर नराखीकन कुनै एउटा पवित्र स्थानमा खाइनुपर्छ । तिनीहरूले त्यो भेट हुने पालको चोकमा खाऊन् ।
17त्यो खमिर राखेर पकाउनुहुँदैन । आगोद्वारा गरिने मेरा बलिहरूबाट तिनीहरूको भाग हुनलाई मैले त्यो दिएको छु । पापबलि र दोषबलिझैँ यो अति पवित्र छ ।
18तेरा मानिसहरूको पुस्तामा सधैँ, हारूनको वंशबाटको कुनै पुरुषले आगोबाट परमप्रभुको निम्ति चढाइएको बलिबाट आफ्नो हिस्साको रूपमा त्यो खान सक्‍ने छ । जसले ती छुन्छ त्यो पवित्र हुने छ ।’”
19यसैकारण परमप्रभु मोशासँग यसो भनेर फेरि बोल्‍नुभयो,

Read लेवीहरू 6लेवीहरू 6
Compare लेवीहरू 6:2-19लेवीहरू 6:2-19