Text copied!
CopyCompare
पवित्र बाइबल - लेवीहरू - लेवीहरू 4

लेवीहरू 4:1-8

Help us?
Click on verse(s) to share them!
1परमप्रभु मोशासँग यसो भनेर बोल्नुभयो,
2“इस्राएलका मानिसहरूलाई यस्तो भन्‍नू, ‘यदि परमप्रभुले नगर्नू भनी आज्ञा गर्नुभएका कार्यहरू गरेर कसैले अजानमा पाप गर्छ, र यदि त्यसले निषेध गरिएको कुनै काम गर्छ भने, तल भनिएझैँ गर्नू ।
3यदि मानिसहरूमा दोष ल्याउने गरी मुख्‍य पुजारीले पाप गर्दछ भने, आफूले गरेको पापको निम्ति त्यसले परमप्रभुको अगि पापबलिको रूपमा एउटा निष्‍खोट साँढे ल्याओस् ।
4त्यसले त्यो साँढेलाई परमप्रभुको अगि भेट हुने पालको प्रवेशद्वारमा ल्याओस्, त्यसको टाउकोमाथि आफ्नो हात राखोस्, र त्यस साँढेलाई परमप्रभुको अगि मारोस् ।
5अभिषिक्‍त पुजारीले त्यस साँढेको रगत लिएर भेट हुने पालमा लगोस् ।
6त्यस पुजारीले आफ्नो औँलालाई रगतमा चोपेर परमप्रभुको अगि सबैभन्दा पवित्र स्थानको पर्दाअगाडि सात पटक छर्कोस् ।
7त्यसपछि पुजारीले परमप्रभुको अगि सुगन्धित धूपको वेदीमा भएका सिङहरूमा केही रगत लगाओस्, र त्यसले साँढेको बाँकी रगत भेट हुने पालको प्रवेशद्वारमा भएको वेदीको मुनि होमबलिको निम्ति खन्याओस् ।
8पापबलिको साँढेको जम्मै बोसो, र भित्री भागहरूलाई ढाक्‍ने र तीसँगै जोडिएको बोसो त्यसले झिकोस्,

Read लेवीहरू 4लेवीहरू 4
Compare लेवीहरू 4:1-8लेवीहरू 4:1-8