Text copied!
CopyCompare
पवित्र बाइबल - लेवीहरू - लेवीहरू 2

लेवीहरू 2:7-16

Help us?
Click on verse(s) to share them!
7यदि तिमीहरूको अन्‍नबलि तावामा पकाइएको हो भने, त्यो मसिनो पिठो र तेलबाट बनाउनू ।
8यी कुराहरूले बनाइएको अन्‍नबलि तिमीहरूले परमप्रभुकहाँ ल्याउनू, र त्यो पुजारीकहाँ लगियोस्, अनि त्यसले त्यो वेदीमा लैजाओस् ।
9त्यसपछि पुजारीले त्यस अन्‍नबलिबाट केही झिकेर वेदीमा जलाओस् । यो आगोद्वारा गरिएको बलि हुने छ, र यसले परमप्रभुको निम्ति मिठो सुगन्ध दिने छ ।
10अन्‍नबलिबाट बाँकी रहेका सबै हारून र त्यसका छोराहरूको हुने छ । आगोद्वारा परमप्रभुलाई चढाइएका बलिहरूमध्ये यो परमप्रभुको निम्ति अति पवित्र हुने छ ।
11तिमीहरूले परमप्रभुलाई चढाउने कुनै पनि अन्‍नबलि खमिरद्वारा बनाइनुहुँदैन, किनभने परमप्रभुको निम्ति आगोद्वारा गरिएको बलिमा खमिर वा मह नजलाउनू ।
12तिमीहरूले ती परमप्रभुलाई पहिलो फलहरूको भेटीको रूपमा चढाउनू, तर वेदीमा मिठो सुगन्ध दिनलाई ती प्रयोग नहोऊन् ।
13तिमीहरूले आफ्ना सबै अन्‍नबलिहरूमा नून मिसाउनू । आफ्नो अन्‍नबलिमा आफ्ना परमेश्‍वरको प्रतिज्ञाको नून कहिल्यै नछुटाउनू । आफ्ना सबै भेटीहरूमा तिमीहरूले नून चढाउनू ।
14परमप्रभुलाई पहिलो फलहरूको अन्‍नबलि चढाउँदा, आगोमा सेकाइएको र पिसिएको ताजा अन्‍न चढाउनू ।
15त्यसपछि त्यसमा तेल र धूप राख्‍नू । यो अन्‍नबलि हो ।
16त्यसपछि पुजारीले पिसिएको अन्‍न, तेल र धूपबाट केही जलाओस् । यो परमप्रभुको निम्ति आगोद्वारा गरिएको बलि हो ।

Read लेवीहरू 2लेवीहरू 2
Compare लेवीहरू 2:7-16लेवीहरू 2:7-16