Text copied!
CopyCompare
पवित्र बाइबल - लेवीहरू - लेवीहरू 23

लेवीहरू 23:13-36

Help us?
Click on verse(s) to share them!
13अन्‍नबलिचाहिँ परमप्रभुको निम्ति मिठो सुगन्ध दिनको निम्ति होमबलिको रूपमा तेलसँग मुछिएको एक पाथी मसिनो पिठो होस्, र अर्घबलिचाहिँ एक लिटर दाखमद्य होस् ।
14यो बलि तिमीहरूले आफ्नो परमेश्‍वरकहाँ नल्याउने दिनसम्म तिमीहरूले रोटी, भुटेको अन्‍न वा हरियो अनाज केही नखानू । तिमीहरू बसोबास गर्ने हरेक ठाउँमा तिमीहरूका मानिसहरूको सबै वंशमा यो सदाको निम्ति विधि होस् ।
15शबाथ दिन अर्थात् डोलाउने बलिको रूपमा तिमीहरूले बालीको बिटा ल्याएको दिनपछि पुरै सात हप्‍ता गन्‍नू ।
16सातौँ शबाथको पचास दिन तिमीहरूले गन्‍नू । त्यसपछि तिमीहरूले परमप्रभुलाई नयाँ अन्‍नको बलि चढाउनू ।
17तिमीहरूका घरहरूबाट एक पाथी पिठोबाट बनेका दुईवटा रोटी ल्याउनू । त्यो मसिनो पिठो खमिर राखेर बनाइयोस् । ती परमप्रभुको निम्ति पहिलो फलको डोलाइने बलि हुने छन् ।
18रोटीसँगै तिमीहरूले एक वर्षे निष्‍खोट सातवटा थुमा, एउटा साँढेको बच्‍चा, र दुईवटा भेडा अर्पण गर्नू । तिनीहरूको अन्‍नबलि र अर्घबलिसँगै ती परमप्रभुको निम्ति मिठो सुगन्ध दिने होमबलि होऊन् ।
19तिमीहरूले पापबलिको निम्ति एउटा बोका, र मेलबलिको निम्ति एक वर्षे दुईवटा थुमा बलिदानको निम्ति अर्पण गर्नू ।
20पहिलो फलको रोटीसँगै परमप्रभुको निम्ति पुजारीले ती डोलाओस्, र दुईवटा थुमासँगै ती बलिदानस्वरूप अर्पण गरोस् । ती पुजारीको निम्ति परमप्रभुलाई अर्पण गरिएको पवित्र बलिदान हुने छन् ।
21त्यही दिन तिमीहरूले घोषणा गर्नू । त्यहाँ पवित्र सभा हुने छ, र तिमीहरूले गर्ने दैनिक काम नगर्नू । तिमीहरू बसोबास गर्ने सबै ठाउँमा तिमीहरूको वंशमा यो सदाको निम्ति विधि हुने छ ।
22तिमीहरूले आफ्नो भूमिको फसल कटनी गर्दा आफ्ना भूमिको कुना-कुनामा कटनी नगर्नू, र आफ्नो फसलको शिला-बाला नबटुल्‍नू । ती तिमीहरूले गरिब र परदेशीका निम्ति छोडिदिनू । म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ’ ।”
23परमप्रभुले मोशालाई भन्‍नुभयो,
24“इस्राएलका मानिसहरूलाई भन्, ‘सातौँ महिनाको पहिलो दिन तिमीहरूका निम्ति पवित्र विश्रामको दिन हुने छ, र त्यो दिन तुरही फुकेर सम्झना गरिने छ र पवित्र सभा हुने छ ।
25तिमीहरूले आफ्ना दैनिक काम नगर्नू, र तिमीहरूले परमप्रभुका निम्ति आगोद्वारा बलि अर्पण गर्नू’ ।”
26अनि परमप्रभुले मोशालाई भन्‍नुभयो,
27“सातौँ महिनाको दसौँ दिन प्रायश्‍चित्तको दिन हो । त्यस बेला एउटा पवित्र सभा होस्, र तिमीहरूले आफैलाई नम्र बनाएर परमप्रभुको निम्ति आगोद्वारा बलि अर्पण गर्नू ।
28त्यस दिन तिमीहरूले काम नगर्नू, किनभने परमप्रभु तिमीहरूका परमेश्‍वरको अगि आफ्नै निम्ति प्रायश्‍चित्त गर्नलाई त्यो दिन प्रायश्‍चित्तको दिन हो ।
29त्यस दिन आफैलाई नम्र नबनाउने मानिस आफ्ना मानिसहरूबाट बहिष्‍कृत होस् ।
30त्यस दिन कुनै पनि काम गर्ने मानिसलाई म परमप्रभुले नै त्यसका मानिसहरूका बिचमा नष्‍ट गर्ने छु ।
31तिमीहरूले त्यस दिन कुनै पनि प्रकारको काम नगर्नू । तिमीहरू बसोबास गर्ने सबै ठाउँमा तिमीहरूका मानिसहरूका सबै वंशमा सदाको निम्ति यो विधि बनोस् ।
32यो दिन तिमीहरूका निम्ति पवित्र विश्रामको शबाथ होस्, र त्यस महिनाको नवौँ दिनको साँझ तिमीहरूले आफैलाई नम्र बनाउनू । अर्को दिनको साँझसम्म तिमीहरूले शबाथ मान्‍नू ।”
33परमप्रभुले मोशालाई भन्‍नुभयो,
34“इस्राएलका मानिसहरूलाई भन्, ‘सातौँ महिनाको पन्ध्रौँ दिन परमप्रभुको निम्ति छाप्रो-बासको चाड हुने छ । त्यो सात दिनसम्म रहने छ ।
35पहिलो दिनमा पवित्र सभा होस् । तिमीहरूले आफ्ना दैनिक काम नगर्नू ।
36सात दिनसम्म परमप्रभुलाई आगोद्वारा बलिदान अर्पण गर्नू । आठौँ दिनमा पवित्र सभा होस्, र तिमीहरूले परमप्रभुको निम्ति आगोद्वारा बलिदान अर्पण गर्नू । यो एउटा पवित्र सभा हो, र तिमीहरूले आफ्ना दैनिक काम नगर्नू ।

Read लेवीहरू 23लेवीहरू 23
Compare लेवीहरू 23:13-36लेवीहरू 23:13-36