Text copied!
CopyCompare
पवित्र बाइबल - लेवीहरू - लेवीहरू 22

लेवीहरू 22:12-23

Help us?
Click on verse(s) to share them!
12यदि पुजारीकी छोरीले पुजारीसँग बिहे नगरेर कोही अरूसँग बिहे गर्‍यो भने त्यसले अर्पण गरिएका पवित्र बलिदानहरूबाट नखाओस् ।
13तर पुजारीकी छोरी विधवा, वा विच्‍छेद भएकी स्‍त्री हो, र त्यसको बालबच्‍चा छैन, र त्यो आफ्नो जवानीमा झैँ आफ्नै बुबाको घरमा बसोबास गर्न फर्की भने, त्यसले आफ्नो बुबाको भोजनबाट खान सक्छे । तर पुजारीको परिवारको सदस्य नभएको कसैले पनि पुजारीको भोजनबाट नखाओस् ।
14यदि कुनै मानिसले थाहा नपाई पवित्र भोजनबाट खायो भने, त्यसले त्यसको निम्ति पुजारीलाई दाम तिरोस्; त्यसले त्यसमा पाँचौँ भाग थपेर पुजारीलाई फिर्ता गरोस् ।
15डोलाएर परमप्रभुलाई अर्पण गरिएका पवित्र कुराहरूलाई इस्राएलका मानिसहरूले अपवित्र नगरून्,
16नत्रता तिनीहरूले पाप बोक्‍ने छन् र पवित्र भोजन खाएको कारण तिनीहरू दोषी हुने छन्, किनभने तिनीहरूलाई पवित्र बनाउने परमप्रभु म नै हुँ’ ।”
17परमप्रभुले मोशालाई भन्‍नुभयो,
18“हारून र त्यसका छोराहरू, र इस्राएलका सारा मानिसहरूलाई यसो भन्, ‘कुनै इस्राएली, वा इस्राएलमा बसोबास गर्ने परदेशीले बलिदान अर्पण गर्दा चाहे त्यो कुनै भाकल पुरा गर्न होस्, वा त्यो स्वेच्‍छा भेटी होस्, वा तिनीहरूले परमप्रभुलाई होमबलि अर्पण गर्दा,
19तिनीहरूले गाई-गोरू, भेडा, वा बाख्राहरूमध्ये निष्‍खोट भाले अर्पण गरोस्, अनि त्यो स्वीकारिने छ ।
20तर खोट भएको कुनै कुरा पनि अर्पण नगर्नू । म त्यो तिमीहरूबाट स्वीकार्ने छैनँ ।
21कसैले आफ्नो भाकल पुरा गर्न, वा स्वेच्‍छा भेटीस्वरूप बथान वा बगालबाट परमप्रभुको निम्ति मेलबलि चढाउँछ भने, त्यो निष्‍खोट होस्, अनि त्यो स्वीकारिने छ । त्यो पशुमा कुनै पनि खोट हुनुहुँदैन ।
22अन्धा, चोट भएका, अङ्गभङ्ग भएका, मूसा वा पाकेको घाउ भएका, वा चिलाउने रोग भएका पशु तिमीहरूले अर्पण नगर्नू । तिमीहरूले परमप्रभुको निम्ति वेदीमा होमबलिद्वारा यी अर्पण नगर्नू ।
23अङ्गभङ्ग भएको वा सानो साँढे वा भेडाचाहिँ तिमीहरूले स्वेच्‍छा भेटीस्वरूप अर्पण गर्न सक्छौ, तर भाकलको निम्ति त्यसको भेटी ग्रहण हुने छैन ।

Read लेवीहरू 22लेवीहरू 22
Compare लेवीहरू 22:12-23लेवीहरू 22:12-23