Text copied!
CopyCompare
पवित्र बाइबल - लेवीहरू - लेवीहरू 21

लेवीहरू 21:12-24

Help us?
Click on verse(s) to share them!
12त्यो प्रधान पुजारी पवित्र स्थानबाट बाहिर ननिस्कोस् र त्यसले आफ्नो परमेश्‍वरको पवित्र स्थानलाई अशुद्ध नबनाओस्, किनभने त्यो आफ्नो परमेश्‍वरको अभिषेक गर्ने तेलद्वारा प्रधान पुजारीको रूपमा अर्पण गरिएको छ । म परमप्रभु हुँ ।
13प्रधान पुजारीले आफ्नी पत्‍नीको रूपमा कन्या केटी बिहे गरोस् ।
14त्यसले विधवा, विच्‍छेद भएकी स्‍त्री, वा वेश्‍या बिहे नगरोस् । यस्ता स्‍त्रीहरूलाई त्यसले बिहे नगरोस् । त्यसले आफ्नै मानिसहरूबाट एउटा कन्या केटी नै बिहे गरोस्,
15ताकि त्यसले आफ्ना मानिसहरूका बिचमा आफ्ना छोराछोरीहरूलाई अशुद्ध नबनाओस्, किनभने त्यसलाई पवित्र बनाउने परमप्रभु म नै हुँ’ ।”
16परमप्रभुले मोशालाई भन्‍नुभयो,
17“हारूनलाई यसो भन्, ‘तेरा सारा वंशहरूभित्र तेरा उत्तराधिकारीहरूमा कुनै शारीरिक खोट छ भने, त्यसले आफ्नो परमेश्‍वरलाई भोजन अर्पण गर्न नजिक नआओस् ।
18शारीरिक खोट भएको मानिस परमप्रभुको नजिक नआओस्, जस्तै दृष्‍टिविहीन वा हिँड्न नसक्‍ने मानिस, विरूपित वा आकार विकृत भएको मानिस,
19हात वा खुट्टा बाँङ्गिएको मानिस,
20पछाडि ढाडमा मासुको डल्‍ला पलाएको मानिस, वा धेरै पातलो वा होचो मानिस, वा आँखामा खोट भएको मानिस, वा रोग लागेको, घाउ भएको, चर्मरोग लागेको, वा अन्डाकोष पिसिएको मानिस ।
21पुजारी हारूनका उत्तराधिकारीहरूका बिचबाट शारीरिक खोट भएको कोही मानिस पनि परमप्रभुको निम्ति होमबलि अर्पण गर्नलाई नजिक नआओस् । शारीरिक खोट भएको मानिस आफ्नो परमप्रभुको रोटी अर्पण गर्न नजिक नआओस् ।
22परमेश्‍वरको अति पवित्र वा पवित्र भोजनबाट त्यसले खान मिल्छ ।
23तर, त्यो पर्दाभित्र प्रवेश नगरोस्, न त वेदीको नजिक आओस्, किनभने त्यसमा शारीरिक खोट छ, र त्यसले मेरो पवित्र स्थानलाई अशुद्ध नबनाओस्, किनभने तिनीहरूलाई पवित्र बनाउने परमप्रभु मै हुँ’ ।”
24यसैले मोशाले यी वचनहरू हारून, तिनका छोराहरू र इस्राएलका सारा मानिसहरूलाई सुनाए ।

Read लेवीहरू 21लेवीहरू 21
Compare लेवीहरू 21:12-24लेवीहरू 21:12-24