Text copied!
CopyCompare
पवित्र बाइबल - लेवीहरू - लेवीहरू 13

लेवीहरू 13:27-51

Help us?
Click on verse(s) to share them!
27सातौँ दिनमा पुजारीले त्यसको जाँच गरोस् । यदि त्यो छालामा पर-परसम्‍म फैलिएको छ भने पुजारीले त्यसलाई अशुद्ध घोषणा गरोस् । त्यो एउटा सरुवा रोग हो ।
28तर यदि त्यो दाग आफ्‍नै ठाउँमा रह्‍यो र छालामा त्यो फैलिएको छैन र बिलाउँदै गएको छ भने, त्यो पोलेको घाउ फुलेको मात्र हो, र पुजारीले त्यसलाई शुद्ध घोषणा गरोस्, किनभने त्यो पोलेको घाउको दाग मात्र हो ।
29यदि कुनै पुरुष वा स्‍त्रीको टाउको वा चिउँडोमा सरुवा रोग लागेको छ भने,
30पुजारीले त्यो रोग छालामा गहिरो भएको छ वा छैन, र त्यसमा कुनै पहेँलो, मसिनो रौँ छ वा छैन भनेर त्यस रोगको जाँच गर्ने छ । यदि त्यहाँ छ भने, पुजारीले त्यसलाई अशुद्ध घोषणा गरोस् । त्यो टाउको वा चिउँडोको चिलाउने सरुवा रोग हो ।
31पुजारीले त्यो चिलाउने रोगको जाँच गर्दा त्यो छालामा गहिरो नभएको, र त्यसमा कालो रौँ नपलाएको देख्‍यो भने, पुजारीले त्यो चिलाउने रोग लागेको मानिसलाई सात दिनसम्‍म अलग्‍गै राख्‍ने छ ।
32सातौँ दिनमा पुजारीले त्यो रोग फैलिएको छ वा छैन भनेर जाँच गर्ने छ । यदि त्यहाँ पहेँलो रौँ छैन, र त्यो रोग छालाभन्‍दा गहिरो छैन भने,
33त्यो रोग लागेको ठाउँलाई छोडेर त्यसको रौँ खौरियोस्, र त्यो चिलाउने रोग लागेको मानिसलाई पुजारीले अर्को सात दिनसम्‍म अलग्‍गै राखोस् ।
34सातौँ दिनमा पुजारीले त्यो रोग छालामा फैलिन रोकिएको छ वा छैन भनेर जाँच गर्ने छ । यदि त्यो छालाभन्दा गहिरो भएको छैन भने पुजारीले त्यसलाई शुद्ध घोषणा गरोस् । त्यो मानिसले आफ्ना लुगाहरू धुने छ, अनि त्यो शुद्ध हुने छ ।
35तर पुजारीले त्यसलाई शुद्ध घोषणा गरिसकेपछि त्यो चिलाउने रोग छालामा पर-परसम्‍म फैलियो भने,
36पुजारीले फेरि त्यसको जाँच गर्नुपर्छ । यदि त्यो रोग छालामा फैलिएको छ भने, पुजारीले पहेँलो रौँ छ वा छैन भनेर हेर्नुपर्दैन । त्यो मानिस अशुद्ध हुन्छ ।
37तर यदि त्यो चिलाउने रोग फैलिन रोकिएको र त्यस ठाउँमा कालो रौँ पलाएको पुजारीले देख्‍यो भने, त्यो रोग निको भएको हो । त्यो मानिस शुद्ध हुन्छ, र पुजारीले त्यसलाई शुद्ध घोषणा गरोस् ।
38यदि कुनै पुरुष वा स्‍त्रीको शरीरमा सेता दागहरू छन् भने,
39पुजारीले ती दागहरू फिक्‍का सेता छन् वा छैनन् भनेर त्यस मानिसको जाँच गरोस्, जुन छालामा निस्‍केका डाबर मात्र हुन् । त्यो मानिस शुद्ध छ ।
40यदि कुनै मानिसको केश झरेको छ, र त्यो तालु खुइले भएको छ भने पनि त्यो शुद्ध रहने छ ।
41यदि त्यसको शिरको अगिल्‍लो भागको केश झरेको छ, र यदि त्यसको निधार खुइलेको छ भने, त्यो शुद्ध रहने छ ।
42तर यदि त्यसको खुइलेको शिर वा निधारमा रातो-सेतो खटिरा आएको छ भने, त्यो फुटेर निस्‍केको सरुवा रोग हो ।
43त्यसपछि पुजारीले त्यस मानिसको खुइलेको शिर वा निधारको सुनिएर फुलेको ठाउँलाई छालाको सरुवा रोगझैँ छ कि छैन भनेर जाँच गर्ने छ ।
44यदि त्यो त्यस्तै छ भने, त्यसलाई सरुवा रोग लागेको छ, र त्यो अशुद्ध हुने छ । त्यसको शिरमा रोग भएको कारण पुजारीले त्यसलाई अशुद्ध घोषणा गरोस् ।
45सरुवा रोग लागेको मानिसले झुत्रो लुगा लगाओस्, त्यसले आफ्ना कपाल खुला छोडोस्, र आफ्नो अनुहारलाई नाकसम्‍म ढाकेर त्यसले सोर निकालेर ‘अशुद्ध, अशुद्ध’ भनोस् ।
46त्यसमा त्यो सरुवा रोग भइन्जेलसम्‍म त्यो अशुद्ध रहने छ । फैलिन सक्‍ने रोगद्वारा त्यो अशुद्ध भएको कारण, त्यो एक्‍लै बस्‍नुपर्छ । त्यो छाउनीभन्दा बाहिर बस्‍नुपर्छ ।
47यदि कुनै लुगामा ढुसी परेको छ भने, चाहे त्यो ऊनी होस् वा सुती,
48वा बुनिएको वा ऊनी वा सुती, वा छाला र छालाबाट बनेको कुनै कुराद्वारा बुनिएको होस्,
49यदि त्यो लुगा, छाला, बुनिएको वा सिलाइएको वस्‍तु, छालाद्वारा बनेको कुनै वस्‍तुमा हरियो वा रातो दाग छ भने त्यो फैलिने ढुसी हो, र त्यो पुजारीलाई देखाइनुपर्छ ।
50पुजारीले त्यो ढुसी भएको वस्‍तुलाई जाँचोस्, र ढुसी भएको जुनसुकै वस्‍तुलाई सात दिनसम्‍म अलग्‍गै राखोस् ।
51पुजारीले सातौँ दिनमा त्यो ढुसीलाई फेरि जाँचोस् । यदि त्यो त्यस लुगामा, वा ऊनी वा सुतीबाट बुनिएको वा सिलाइएको कुनै वस्‍तुमा, वा छाला वा छाला प्रयोग गरिएको कुनै वस्तुमा फैलिएको छ भने, त्यो हानि गर्ने ढुसी हो, र त्यो वस्तु अशुद्ध हो ।

Read लेवीहरू 13लेवीहरू 13
Compare लेवीहरू 13:27-51लेवीहरू 13:27-51