Text copied!
CopyCompare
पवित्र बाइबल - रोमी - रोमी 6

रोमी 6:1-11

Help us?
Click on verse(s) to share them!
1हामी अब के भनौँ त ? के अनुग्रह प्रशस्त होस् भनेर हामीले पाप गरिरहने त ?
2यस्तो कहिल्यै नहोस् । हामी जो पापप्रति मर्‍यौँ हामी यसमा कसरी जिउने ?
3के जतिलाई ख्रीष्‍ट येशूमा बप्‍तिस्मा दिइएका छन् उनीहरूलाई उहाँको मृत्युमा बप्‍तिस्मा दिइएका छन् भन्‍ने तिमीहरू जान्दैनौ ?
4हामी बप्‍तिस्माद्वारा मृत्युमा उहाँसँगै गाडियौँ । ताकि जसरी ख्रीष्‍ट पिताको महिमाद्वारा मृतकहरूबाट जीवित पारिनुभयो, त्यसरी नै हामी जीवनको नवीनतामा हिँड्न सकौँ ।
5किनकि यदि हामी उहाँको मृत्युको स्वरूपमा एक भएका छौँ भने हामी उहाँको पुनरुत्थानमा पनि एक हुनेछौँ ।
6हामी जन्दछौँ, कि हाम्रो पुरानो मनुष्यत्वलाई उहाँसँगै क्रुसमा टाँगिएको थियो, ताकि पापको शरीरलाई नाश गर्न सकियोस्; ताकि हामी पापको दास बन्‍न नपरोस् ।
7जो मरेको छ, पापको सम्बन्धमा त्यसलाई धर्मी घोषित गरिन्छ ।
8तर यदि हामी ख्रीष्‍टसँग मरेका छौँ भने, हामी विश्‍वास गर्छौं, कि हामी पनि उहाँसँगै जिउनेछौँ ।
9हामी जान्दछौँ, कि ख्रीष्‍ट मृतकबाट जीवित पारिनुभएको छ र अब उहाँ मृत हुनुहुन्‍न । अब मृत्युले उहाँमाथि राज्य गर्दैन ।
10मृत्युको विषयमा उहाँ पापको लागि मर्नुभयो, उहाँ एकै पल्ट हामी सबैका लागि मर्नुभयो । तथापि जुन जीवन उहाँ जिउनुहुन्छ, त्यो उहाँले परमेश्‍वरको निम्ति जिउनुहुन्छ ।
11त्यसै गरी, तिमीहरूले पनि पापको निम्ति मरेको, तर ख्रीष्‍ट येशूमा परमेश्‍वरमा जीवित ठान्‍नुपर्छ ।

Read रोमी 6रोमी 6
Compare रोमी 6:1-11रोमी 6:1-11