23अनि त्यसरी नै, यदि तिनीहरू आफ्ना अविश्वासमा लागिरहँदैनन् भने तिनीहरू पुनः कलमी बाँधिनेछन् ।
24यदि तिमीहरू स्वभावैले जङ्गली जैतूनबाट काटियौ र आफ्नो स्वभाव विपरीत असल जैतूनमा कलमी बाँधियौ भने, यी यहूदीहरू जो प्राकृतिक हाँगाहरू हुन्, यिनीहरू आफ्नै जैतूनको रुखमा कति धेरै कलमी बाँधिनेछन् ?
25किनकि भाइहरू हो, तिमीहरू यो रहस्यबारे अन्जान रहो भन्ने म चाहन्नँ, ताकि तिमीहरू आफ्नै विचारमा बुद्धिमानी नहोऊ । यो रहस्यचाहिँ गैरयहूदीहरू आउने काम पुरा नभएसम्म इस्राएलमा आंशिक रूपमा कठोर पार्ने काम भएको छ ।
26त्यसैले, सबै इस्राएली बचाइनेछन् जस्तो लेखिएको छ, “सियोनबाट एक जना उद्धारकर्ता आउनुहुनेछ । उहाँले याकूबबाट सबै अधर्महरू हटाइदिनुहुनेछ ।
27अनि तिमीहरूसँग मेरो करार यही हुनेछ, जब म तिनीहरूका पापहरू उठाई लानेछु ।”
28एकातिर, सुसमाचारको सम्बन्धमा तिमीहरूका तर्फबाट तिनीहरू शत्रु हुन् । अर्कोतिर, परमेश्वरको चुनाउअनुसार पुर्खाहरूको खातिर तिनीहरू प्रियहरू हुन् ।
29किनकि परमेश्वरका वरदानहरू र बोलावट अपरिवर्तनशील हुन्छन् ।
30किनकि तिमीहरू पहिला परमेश्वरप्रति अनाज्ञाकारी थियौ, तर तिनीहरूका अनाज्ञाकारिताले अहिले तिमीहरूले दया प्राप्त गरेका छौ ।
31त्यसरी नै, अहिले यी यहूदीहरू अनाज्ञाकारी भएका छन्, ताकि तिमीहरूलाई देखाइएको दयाद्वारा तिनीहरूले पनि दया प्राप्त गर्न सकून् ।
32किनकि परमेश्वरले सबैलाई अनाज्ञाकारिताभित्र बन्द गर्नुभएको छ, ताकि उहाँले सबैलाई दया देखाउन सक्नुभएको होस् ।