Text copied!
CopyCompare
पवित्र बाइबल - यूहन्‍ना - यूहन्‍ना 9

यूहन्‍ना 9:1-26

Help us?
Click on verse(s) to share them!
1येशू त्यही बाटो हुँदै जानुहुँदा जन्मैदेखिको एक जना मानिसलाई देख्‍नुभयो ।
2उहाँका चेलाहरूले उहाँलाई सोधे, “रब्बी, यो मानिस, कि यसका आमाबुबा कसले पाप गर्‍यो र यो अन्धो जन्मिएको ?”
3येशूले जवाफ दिनुभयो, “न त यो मानिसले पाप गर्‍यो, न यसका आमाबुबाले नै पाप गरे, तर परमेश्‍वरको काम त्यसमा प्रकट होस् भनेर यसो भएको हो ।
4मलाई पठाउनुहुनेका कामहरू हामीले दिन हुँदै गर्नुपर्छ । रात आउँदै छ, तब कसैले पनि काम गर्न सक्दैन ।
5म संसारमा हुँदा म संसारको ज्योति हुँ ।”
6येशूले यी कुराहरू भनिसक्‍नुभएपछि उहाँले भुइँमा थुक्‍नुभयो र ‍थुकले माटो मुछ्नुभयो, अनि त्यसको आँखामा पोतिदिनुभयो ।
7उहाँले त्यसलाई भन्‍नुभयो, “जाऊ, सिलोआमको तलाउमा धोऊ (जसको अर्थ हुन्छ, ‘पठाइएको ।’) । त्यसैले त्यो गयो, धोयो र देख्‍ने भएर आयो ।
8त्यसपछि त्यसका छिमेकीहरू र त्यसलाई पहिला भिखारीको रूपमा देख्‍नेहरूले भने, “त्यो बसेर भिख माग्‍ने गर्ने के यही नै होइन ?”
9केहीले भने, “यही हो ।” अरूहरूले भने, “होइन, यो त्यहीजस्तो देखिन्छ ।” तर त्यसले भन्यो, “म त्यही हुँ ।”
10तिनीहरूले त्यसलाई भने, “अनि तिम्रा आँखा कसरी खोलिए त ?”
11त्यसले जवाफ दियो, “येशू भनिने मानिसले माटो मुछ्नुभयो, मेरो आँखामा पोतिदिनुभयो र मलाई भन्‍नुभयो ‘सिलोआममा जाऊ र धोऊ ।’ त्यसकारण म गएँ र धोएँ अनि मैले मेरो दृष्‍टि पाएँ ।”
12तिनीहरूले त्यसलाई भने, “उनी कहाँ छन् ? ” उसले जवाफ दियो, “मलाई थाहा छैन ।”
13तिनीहरूले पहिले अन्धो भएको त्यो मानिसलाई फरिसीहरूकहाँ ल्याए ।
14येशूले माटो मुछेर त्यसको आँखामा खोल्नुभएको दिन विश्रामको दिन थियो ।
15तब त्यसले त्यसका दृष्‍टि कसरी प्राप्‍त गरेका थिए भनी फरिसीहरूले फेरि सोधे ? त्यसले तिनीहरूलाई भने, “उहाँले मेरा आँखामा हिलो लगाई दिनुभयो, मैले धोएँ र अहिले म देख्‍न सक्‍छु ।”
16केही फरिसीहरूले भने, “यो मानिस परमेश्‍वरबाट आएको होइन, किनकि यसले विश्राम दिन पालना गर्दैन ।” अरूहरूले भने, “एउटा पापी मानिसले यस्ता चिह्न‍हरू कसरी गर्न सक्छ ?” त्यसैले, तिनीहरूका बिचमा विभाजन आयो ।
17त्यसकारण, तिनीहरूले त्यो अन्धो मानिसलाई फेरि सोधे, “उसको विषयमा तिमी के भन्छौ, किनकि उसले तिम्रा आँखा खोलिदियो ?” अन्धो मानिसले भन्यो, “उहाँ एक अगमवक्‍ता हुनुहुन्छ ।”
18यहूदीहरूले आफ्नो दृष्‍टि प्राप्‍त गर्नेका आमाबुबालाई नबोलाएसम्म त्यो अन्धो थियो, र त्यसले दृष्‍टि प्राप्‍त गरेको थियो भन्‍ने तिनीहरूले अझै विश्‍वास गरेनन् ।
19तिनीहरूले आमाबुबालाई सोधे, “तिमीहरूले जन्मिँदै अन्धो थियो भनेका तिमीहरूका छोरो के यही हो ? अनि अहिले यसले कसरी देख्‍छ त ?”
20त्यसैले, त्यसका आमाबुबाले तिनीहरूलाई जवाफ दिए, “यो हाम्रो छोरो हो, र यो जन्मिँदै अन्धो थियो भनी हामी जान्दछौँ ।
21अहिले यसले कसरी देख्‍छ, हामी जान्दैनौँ, र यसका आँखा कसले खोलिदियो सो पनि हामी जन्दैनौँ । यसैलाई सोध्‍नुहोस्, यो वयस्क मानिस हो । यसले आफ्नो विषयमा आफैँ बोल्न सक्छ ।
22त्यसका आमाबुबाले यी कुराहरू भने, किनभने तिनीहरू यहूदीहरूसँग डराएका थिए । यदि कसैले येशूलाई ख्रीष्‍ट भनी स्वीकार गरे भने तिनीहरूलाई सभाघरबाट बाहिर निकालिनेछन् भनी यहूदीहरू अगिबाटै सहमत भएका थिए ।
23त्यसैले गर्दा त्यसका आमाबुबाले “यो वयस्क मानिस हो, त्यसैलाई सोध्‍नुहोस्” भने ।
24त्यसैले, जो पहिला अन्धो थियो त्यो मानिसलाई तिनीहरूले दोस्रो पटक बोलाए, र त्यसलाई भने, “परमेश्‍वरलाई महिमा दे । हामी जान्दछौँ यो मानिस पापी हो ।”
25तब त्यो मानिसले जवाफ दियो, “उहाँ पापी हुनुहुन्छ कि हुनुहुन्‍न, म जान्दिनँ । तर म एउटा कुरो जान्दछुः म अन्धो थिएँ र अहिले म देख्‍छु ।”
26तब तिनीहरूले त्यसलाई भने, “उसले तिम्रो निम्ति के गर्‍यो ? उसले तिम्रा आँखा कसरी खोलिदिए ?”

Read यूहन्‍ना 9यूहन्‍ना 9
Compare यूहन्‍ना 9:1-26यूहन्‍ना 9:1-26