Text copied!
CopyCompare
पवित्र बाइबल - यूहन्‍ना - यूहन्‍ना 8

यूहन्‍ना 8:52-57

Help us?
Click on verse(s) to share them!
52यहूदीहरूले उहाँलाई भने, “अब हामी जान्दछौँ, कि तिमीलाई भूत लागेको छ । अब्राहाम र अगमवक्‍ताहरू मरे, तर तिमी भन्छौ ‘यदि कसैले मेरो वचन पालन गर्छ भने त्यसले कहिल्यै मृत्यु चाख्‍नेछैन ।’
53तिमी हाम्रा मरेका पिता अब्राहामभन्दा महान् होइनौ, हौ त ? अगमवक्‍ताहरू पनि मरे । तिमी आफैँचाहिँ को हुँ भनी ठान्छौ ?”
54येशूले जवाफ दिनुभयो, “यदि म आफैँले आफ्नो महिमा गरेँ भने मेरो महिमा केही पनि होइन । मलाई महिमित पार्नुहुने मेरा पिता हुनुहुन्छ, जसलाई तिमीहरू तिमीहरूका परमेश्‍वर भन्दछौ ।
55तिमीहरूले उहाँलाई चिनेका छैनौ, तर म उहाँलाई चिन्छु । यदि मैले ‘म उहाँलाई चिन्दिनँ’ भन्छु भने म झुटजस्तै हुन्थेँ । तापनि म उहाँलाई चिन्दछु र उहाँको वचन पालन गर्दछु ।
56तिमीहरूका पिता अब्राहाम मेरा दिन देखेर रमाए र उनले यो देखे, र खुसी भए ।
57यहूदीहरूले उहाँलाई भने, “तिमी पचास वर्ष पनि भएका छैनौ, र के तिमीले अब्राहामलाई देखेका छौ ?”

Read यूहन्‍ना 8यूहन्‍ना 8
Compare यूहन्‍ना 8:52-57यूहन्‍ना 8:52-57