Text copied!
CopyCompare
पवित्र बाइबल - यूहन्‍ना - यूहन्‍ना 8

यूहन्‍ना 8:5-14

Help us?
Click on verse(s) to share them!
5व्यवस्थामा मोशाले यस्ता मानिसलाई ढुङ्गाले हान्‍ने आज्ञा दिएका छन्; यिनको विषयमा तपाईं के भन्‍नुहुन्छ ?”
6तिनीहरूले येशूलाई फन्दामा पार्नलाई यसो भनेका थिए, ताकि तिनीहरूले उहाँलाई केही कुराको बारेमा दोष लगाउन सकून्, तर येशू निहुरेर आफ्नो औँलाले जमिनमा लेख्‍नुभयो ।
7नोट यूहन्‍ना ७:५३-८:११ को टिप्‍णीबारे माथि हेर्नुहोस्, जब तिनीहरूले उहाँलाई निरन्तर सोधिरहे, उहाँ खडा हुनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूमध्ये पापविनाको जो छ ढुङ्गाले हान्‍नमा त्यही नै पहिलो होस् ।”
8उहाँ फेरि निहुरनुभयो र आफ्नो औँलाले जमिनमा लेख्‍नुभयो ।
9नोट यूहन्‍ना ७:५३-८:११ को टिप्‍णीबारे माथि हेर्नुहोस्, जब तिनीहरूले यो सुने, ठुलादेखि सुरु गरेर एक-एक गर्दै तिनीहरू गए । अन्तमा माझमा राखिएकी ती स्‍त्रीसँग येशू मात्र छोडिनुभएको थियो ।
10येशू खडा हुनुभयो र त्यसलाई भन्‍नुभयो, “हे नारी, तिमीलाई दोष लगाउनेहरू कहाँ छन् ? के कसैले तिमीलाई दण्‍ड दिएन ?”
11त्यसले भनी, “कसैले दिएन, प्रभु” येशूले भन्‍नुभयो, “न त म पनि तिमीलाई दण्ड दिन्छु । जाऊ, र कुनै पाप नगर ।”
12फेरि येशूले तिनीहरूलाई यसो भन्‍नुभयो, “म संसारको ज्योति हुँ, मलाई पछ्याउने अन्धकारमा हिँड्‌डुल गर्नेछैन, तर त्यसले जीवनको ज्योति पाउनेछ ।”
13फरिसीहरूले उहाँलाई भने, “तिमी आफैँ आफ्नो बारेमा गवाही दिइरहेका छौ; तिम्रो गवाही सत्य होइन ।”
14येशूले तिनीहरूलाई जवाफ दिनुभयो, र भन्‍नुभयो, “म आफैँले आफ्नो बारेमा गवाही दिए तापनि मेरो गवाही सत्य छ । म जान्दछु, कि म कहाँबाट आएँ र म कहाँ जाँदै छु, तर म कहाँबाट आएँ र कहाँ जाँदै छु, तिमीहरू जान्दैनौ ।

Read यूहन्‍ना 8यूहन्‍ना 8
Compare यूहन्‍ना 8:5-14यूहन्‍ना 8:5-14