Text copied!
CopyCompare
पवित्र बाइबल - यूहन्‍ना - यूहन्‍ना 8

यूहन्‍ना 8:46-55

Help us?
Click on verse(s) to share them!
46तिमीहरूमध्ये कसले मलाई पापको दोष लगाउँछ ? यदि म सत्य बोल्छु भने, तिमीहरू मलाई किन विश्‍वास गर्दैनौ ?
47जो परमेश्‍वरको हो त्यसले परमेश्‍वरको वचन सुन्छ; तिमीहरू ती सुन्दैनौ, किनभने तिमीहरू परमेश्‍वरका होइनौ ।”
48यहूदीहरूले जवाफ दिए, र उहाँलाई भने, “के ‘तिमी सामरी हौ, र तिमीलाई भूत लागेको छ’ भनी हामीले भनेको साँचो होइन र ?”
49येशूले जवाफ दिनुभयो, “मलाई भूत लागेको छैन, तर म मेरा पितालाई आदर गर्छु, र तिमीहरू मलाई अनादर गर्छौ ।
50म आफ्नो महिमा खोज्दिनँ; खोज्‍ने र न्याय गर्ने एक जना हुनुहुन्छ ।
51म तिमीहरूलाई साँचो, साँचो भन्दछु, यदि कसैले मेरो वचन पालना गर्छ भने, त्यसले कहिल्यै मृत्यु देख्‍नेछैन ।”
52यहूदीहरूले उहाँलाई भने, “अब हामी जान्दछौँ, कि तिमीलाई भूत लागेको छ । अब्राहाम र अगमवक्‍ताहरू मरे, तर तिमी भन्छौ ‘यदि कसैले मेरो वचन पालन गर्छ भने त्यसले कहिल्यै मृत्यु चाख्‍नेछैन ।’
53तिमी हाम्रा मरेका पिता अब्राहामभन्दा महान् होइनौ, हौ त ? अगमवक्‍ताहरू पनि मरे । तिमी आफैँचाहिँ को हुँ भनी ठान्छौ ?”
54येशूले जवाफ दिनुभयो, “यदि म आफैँले आफ्नो महिमा गरेँ भने मेरो महिमा केही पनि होइन । मलाई महिमित पार्नुहुने मेरा पिता हुनुहुन्छ, जसलाई तिमीहरू तिमीहरूका परमेश्‍वर भन्दछौ ।
55तिमीहरूले उहाँलाई चिनेका छैनौ, तर म उहाँलाई चिन्छु । यदि मैले ‘म उहाँलाई चिन्दिनँ’ भन्छु भने म झुटजस्तै हुन्थेँ । तापनि म उहाँलाई चिन्दछु र उहाँको वचन पालन गर्दछु ।

Read यूहन्‍ना 8यूहन्‍ना 8
Compare यूहन्‍ना 8:46-55यूहन्‍ना 8:46-55