Text copied!
CopyCompare
पवित्र बाइबल - यूहन्‍ना - यूहन्‍ना 8

यूहन्‍ना 8:14-23

Help us?
Click on verse(s) to share them!
14येशूले तिनीहरूलाई जवाफ दिनुभयो, र भन्‍नुभयो, “म आफैँले आफ्नो बारेमा गवाही दिए तापनि मेरो गवाही सत्य छ । म जान्दछु, कि म कहाँबाट आएँ र म कहाँ जाँदै छु, तर म कहाँबाट आएँ र कहाँ जाँदै छु, तिमीहरू जान्दैनौ ।
15तिमीहरू शरीरअनुसार न्याय गर्छौ, तर म कसैको न्याय गर्दिनँ ।
16तैपनि मैले न्याय गरेँ भने मेरो न्याय सत्य हुन्छ, किनकि म एकलै छैनँ, तर म मलाई पठाउनुहुने पितासँग छु ।
17हो, दुई जना मानिसको गवाही सत्य हुन्छ भनी तिमीहरूको व्यवस्थामा लेखिएको छ ।
18मेरो आफ्नैबारे गवाही दिने म नै हुँ, र मलाई पठाउनुहुने मेरा पिताले मेरो बारेमा गवाही दिनुहुन्छ ।”
19तिनीहरूले उहाँलाई भने, “तिम्रा पिता कहाँ छन् ?” येशूले जवाफ दिनुभयो, “तिमीहरूले न मलाई न त मेरा पितालाई चिन्छौ, तिमीहरूले मलाई चिनेका थियौ भने तिमीहरूले मेरा पितालाई पनि चिनेका हुन्थ्यौ ।”
20उहाँले मन्दिरमा सिकाउनुहुँदा यी वचनहरू ढुकुटीमा भन्‍नुभयो र कसैले उहाँलाई पक्रेन, किनभने उहाँको समय अझै आएको थिएन ।
21त्यसैले, उहाँले फेरि तिनीहरूलाई भन्‍नुभयो, “म जाँदै छु; तिमीहरूले मलाई खोज्‍नेछौ । र तिमीहरूको पापमा मर्नेछौ । जहाँ म जाँदै छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ ।”
22यहूदीहरूले भने, “के यसले आफैँलाई मार्नेछ ? के यसले त्यसैले ‘म जहाँ जाँदै छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ’ भनेको हो ?”
23येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू तलका हौ, म माथिको हुँ । तिमीहरू यस संसारका हौ, म यस संसारको होइनँ ।

Read यूहन्‍ना 8यूहन्‍ना 8
Compare यूहन्‍ना 8:14-23यूहन्‍ना 8:14-23