Text copied!
CopyCompare
पवित्र बाइबल - यूहन्‍ना - यूहन्‍ना 6

यूहन्‍ना 6:11-21

Help us?
Click on verse(s) to share them!
11तब येशूले रोटी लिनुभयो र धन्यवाद चढाउनुभएपछि उहाँले त्यहाँ बसेकाहरूलाई तिनीहरूले चाहे जति दिनुभयो र उहाँले माछा पनि त्यसै गर्नुभयो ।
12जब मानिसहरू भर पेट भए, उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “बाँकी रहेका टुक्रा-टाक्री सबै बटुल, ताकि कुनै पनि थोक खेर नजाओस् ।”
13यसैले तिनीहरूले बटुले, र पाँचवटा जौका रोटीबाट बाँकी रहेका टुक्रा-टाक्री अर्थात् तिनीहरूले खाएर बचेका टुक्राहरू बार्‍ह डाला भरे ।
14जब मानिसहरूले उहाँले गर्नुभएका यी चिह्न‍हरू देखे, तिनीहरूले भने, “उहाँ साँच्‍चै यो संसारमा आउनुपर्ने अगमवक्‍ता हुनुहुन्छ ।”
15जब उहाँलाई पक्रेर बलजफतीसँग राजा बनाउन तिनीहरू आउन लागेका थिए भन्‍ने उहाँले महसुस गर्नुभयो, उहाँ फेरि पनि एकलै डाँडातर्फ लाग्‍नुभयो ।
16जब साँझ पर्‍यो, उहाँका चेलाहरू समुद्रतिर झरे ।
17तिनीहरू एउटा डुङ्गामा चढे, र समुद्रको पारि कफर्नहुममा गइरहेका थिए । यस बेला अँध्यारो भइसकेको थियो र अझसम्म पनि येशू तिनीहरूकहाँ आउनुभएको थिएन ।
18र ठुलो आँधीबेहरी चलिरहेको थियो र समुद्रका छालहरू उर्लंदै थिए ।
19जब तिनीहरू डुङ्गा खियाएर करिब पाँच किलोमिटर टाढा पुगेका थिए, तिनीहरूले येशूलाई समुद्रमा हिँडिरहनुभएको र उहाँ डुङ्गाको नजिक आइरहनुभएको देखे, अनि तिनीहरू डराए ।
20तर पनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “म नै हुँ, नडराओ ।”
21तब तिनीहरू उहाँलाई डुङ्गामा ल्याउन तत्पर भए, र डुङ्गा जमिनमा तुरुन्तै पुग्यो जहाँ तिनीहरू गइरहेका थिए ।

Read यूहन्‍ना 6यूहन्‍ना 6
Compare यूहन्‍ना 6:11-21यूहन्‍ना 6:11-21