4अब बिहान सबेरै थियो । येशू समुद्रको किनारमा खडा हुनुभयो, तर उहाँ येशू हुनुहुन्थ्यो भनी चेलाहरूले चिनेनन् ।
5त्यसैले, येशूले तिनीहरूलाई भन्नुभयो, “ए जवान मानिसहरू, के तिमीहरूसँग कुनै खानेकुरा छ ?” उनीहरूले उहाँलाई जवाफ दिए, “छैन ।”
6उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूको जाल डुङ्गाको दाहिनेपट्टि हान, अनि तिमीहरूले केही भेट्टाउनेछौ ।” त्यसैले, तिनीहरूले आफ्नो जाल हाने, तर माछाहरू अति धेरै भएकोले तिनीहरूले त्यो तान्न सकेनन् ।