Text copied!
CopyCompare
पवित्र बाइबल - यहोशू - यहोशू 15

यहोशू 15:13-20

Help us?
Click on verse(s) to share them!
13परमप्रभुले यहोशूलाई दिनुभएको आज्ञामुताबिक यहोशूले यपून्‍नेका छोरा कालेबलाई किर्यत-अर्बा अर्थात् हेब्रोन (अर्बा अनाकका पिता थिए) यहूदाको कुलको माझ भू-भाग दिए ।
14कालेबले त्यहाँबाट तिन जना अनाकका छोरालाई धपाएः शेशै, अहीमान र तल्मै जो अनाकका सन्तानहरू थिए ।
15त्यहाँबाट तिनी दबीरका सन्तानहरूलाई (दबीरलाई किर्यत-सेपेर भनिन्थ्यो) आक्रमण गर्न गए ।
16कालेबले भने, “जुन मानिसले किर्यत-सेपेर आक्रमण गर्छ र यसलाई कब्जा गर्छ, त्यसलाई म मेरो छोरी अक्सालाई पत्‍नीको रूपमा दिने छु ।”
17जब कालेबका भाइ कनजका छोरा ओत्‍निएलले यसलाई कब्जा गरे, कालेबले तिनलाई तिनकी छोरी अक्सा पत्‍नीको रूपमा दिए ।
18त्यपछि चाँडै अक्सा ओत्‍निएलकहाँ आइन् र उनले तिनलाई आफ्‍नो बुबासँग खेत माग्‍न आग्रह गरिन् । जब तिनी आफ्‍नो गधाबाट ओर्लिन्, कालेबले तिनलाई भने, “तिमी के चाहन्छ्यौ?”
19अक्साले जवाफ दिइन्, “मलाई विशेष कृपा गर्नुहोस्, किनभने तपाईंले मलाई नेगेवको भू-भाग दिनुभएको छ, मलाई पानीका मुहानहरू पनि दिनुहोस् ।” अनि कालेबले तिनलाई पानीका माथिल्लो र तल्‍लो मुहानहरू दिए ।
20कुल-कुलअनुसार यहूदा वंशका उत्तराधिकार यही थियो ।

Read यहोशू 15यहोशू 15
Compare यहोशू 15:13-20यहोशू 15:13-20