Text copied!
CopyCompare
पवित्र बाइबल - यहोशू - यहोशू 13

यहोशू 13:2-17

Help us?
Click on verse(s) to share them!
2अझै बाँकी रहेका भूमि यिनै हुन्ः पलिश्‍तीहरू र गशूरीहरूका सबै, मिश्रको पूर्वतिर पर्ने
3शिहपरदेखि उत्तरतिर एक्रोनको सिमानासम्म, जसलाई कनानीहरूको सम्पत्ति ठानिन्छ; गाजा, अश्दोद, अश्‍कलोन, गात र एक्रोनका पाँच जना पलिश्‍ति शासकहरू र अव्वीहरूका क्षेत्र ।
4दक्षिणमा (अव्वीहरूका क्षेत्र); कनानीहरूका सबै भूमि, सीदोनीहरूको अधीनमा भएका आरादेखि मोरिहरूको सिमानामा भएको अपेकसम्म;
5गबालीहरूको भूमि, पूर्वतिरका सबै लेबनान, हर्मोन डाँडामुनि बाल-गाददेखि लेबो-हमातसम्म ।
6साथै,लेबनानदेखि पहाडी देशका सबै बासिन्दादेखि सीदोनका सबै मानिसलगायत मिस्रपोतमैमसम्म । म उनीहरूलाई इस्राएलको फौजको सामु धपाउने छु । मैले तँलाई आज्ञा गरेबमोजिम इस्राएललाई त्यो भूमि उत्तराधिकारको रूपमा बाँडिदे ।
7यो भूमिलाई नौ कुल र मनश्शेको आधा कुलको निम्ति उत्तराधिकारको रूपमा बाँडी दे ।”
8मनश्शेको आधा कुल, रूबेनीहरू र गादीहरूले तिनीहरूको उत्तराधिकार प्राप्‍त गरेका छन् जुन मोशाले तिनीहरूलाई दिएका यर्दनको पूर्वतिर, अर्नोन नदीको घाँटीको किनारामा भएको
9अरोएरदेखि (घाँटीको माझमा भएको सहरलगायत), दीबोनसम्मका मेदबाको टार;
10सीहोनका सबै सहर, एमोरीहरूका राजा, जसले हेश्बोनमा शासन गरे, अम्मोनीहरूको सिमानासम्म;
11गिलाद, गशूरीहरू र माकातीहरूको प्रदेश, सबै हेर्मोन डाँडा, सलकासम्मका सबै बाशान;
12बाशानको ओगका सबै अधिराज्य, जसले अस्तारोत र अद्रईमा शासन गरे, मोशाले उनीहरूलाई प्रहार गरी धपाउँदा बाँकी रहेकाहरू यिनीहरू नै हुन् ।
13तर इस्राएलका मानिसहरूले गशूरीहरू र माकातीहरूलाई धपाएनन् । बरु, गशूर र माकात आजको दिनसम्म पनि इस्राएलको माझमा बसोबास गर्छन् ।
14मोशालाई लेवीका कुललाई मात्र उत्तराधिकार दिएनन् । परमप्रभु इस्राएलका परमेश्‍‌वरका बलिदानहरू, आगोद्वारा चढाइएका बलिदानहरू परमेश्‍‌वरले मोशालाई भन्‍नुभएझैँ तिनीहरूका उत्तराधिकार हुन् ।
15मोशाले रूबेनको कुललाई कुल-कुलअनुसार उत्तराधिकार दिए ।
16तिनीहरूको भाग अर्नोन नदीको घाँटीको किनारमा पर्ने अरोएर र उपत्यकाको माझमा पर्ने सहरदेखि मेदबासम्मको सबै समथल भू-भाग थियो ।
17रूबेनले हेश्बोन र समथल भू-भागमा रहेका यसका सबै सहर, दीबोन र बमोत-बाल, र बेथ-बाल-मोन,

Read यहोशू 13यहोशू 13
Compare यहोशू 13:2-17यहोशू 13:2-17