Text copied!
CopyCompare
पवित्र बाइबल - यहोशू - यहोशू 11

यहोशू 11:7-15

Help us?
Click on verse(s) to share them!
7यहोशू र सबै योद्धा आए । तिनीहरू मेरोमको पानीमा अचानक आए र शत्रुहरूलाई आक्रमण गरे ।
8परमप्रभुले शत्रुहरूलाई इस्राएलको हातमा दिनुभयो र तिनीहरूले उनीहरूलाई प्रहार गरे अनि उनीहरूलाई सीदोनसम्म, मिस्रपोत-मैमसम्मै र पूर्वतिर मिस्पाको बेँसीसम्म खेदे । तिनीहरूले उनीहरूमा कोही पनि जीवित नरहेसम्म नै उनीहरूलाई प्रहार गरे ।
9यहोशूले उनीहरूलाई परमप्रभुले भन्‍नुभएमुताबिक गरे । तिनले घोडाहरूका ढोड नसाहरू काटे र रथहरू जलाए ।
10त्यस बेला यहोशू फर्के र हासोस कब्जा गरे । तिनले यसका राजालाई तरवारले प्रहार गरे । (हासोर यी सबै राज्यका शिर थियो ।)
11तिनीहरूले त्यहाँ भएका सबै जीवित थोकहरूलाई तरवारले प्रहार गरे र नष्‍ट पार्नलाई अलग गरे । त्यसैले त्यहाँ कोही पनि जीवित रहेन । अनि तिनले हासोरलाई आगो लगाए ।
12यहोशूले यी राजाहरूका सबै सहर कब्जा गरे । तिनले उनीहरूका सबै राजालाई कब्जा गरे र उनीहरूलाई तरवारले प्रहार गरे । परमप्रभुका दास मोशाले भनेझैँ तिनले उनीहरूलाई तरवारले पूर्ण रूपमा नष्‍ट पारे ।
13इस्राएलले डाँडामाथि निर्मित सहरहरू हासोरबाहेक अरू कुनैलाई पनि जलाएन । यहोशूले यसलाई मात्र जलाए ।
14इस्राएलको फौजले यी सहरहरूबाट गाईवस्तुहरूसहित सबै लूटका माल लिए । तिनीहरूले सबै मानिस नमरेसम्म सबै मानिसलाई तरवारले मारे । तिनीहरूले सास फेर्ने कुनै प्राणीलाई जीवित छाडेनन् ।
15परमप्रभुले जसरी मोशालाई आज्ञा गर्नुभयो, त्यसरी नै मोशाले यहोशूलाई आज्ञा गरे र यहोशूले त्यसै गरे । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको कुनै पनि कुरालाई यहोशूले अपूरा छोडेनन् ।

Read यहोशू 11यहोशू 11
Compare यहोशू 11:7-15यहोशू 11:7-15