Text copied!
CopyCompare
पवित्र बाइबल - मर्कूस - मर्कूस 9

मर्कूस 9:19-41

Help us?
Click on verse(s) to share them!
19उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “हे अविश्‍वासी पुस्ता हो, कति समयसम्म म तिमीहरूसँग बस्‍नुपर्नेछ ? कति समयसम्म म तिमीहरूलाई सहनु ? त्यसलाई मकहाँ ल्याओ ।”
20तिनीहरूले त्यस केटोलाई उहाँकहाँ ल्याए । जब दुष्‍ट आत्माले येशूलाई देख्यो, त्यो आत्माले त्यस केटोलाई जोरले काम्‍न लगायो । त्यो केटो भुइँमा लड्‍यो र मुखमा फिँज काढ्यो ।
21येशूले त्यसको बुबालाई सोध्‍नुभयो, “यस्तो भएको कति भयो ?” बुबाले भने, “बाल्यकालदेखि नै हो ।
22यसले उसलाई प्रायः आगो वा पानीमा फ्याँकेको छ र उसलाई मार्न खोज्थ्यो । यदि तपाईंले कुनै कुरा गर्न सक्‍नुहुन्छ भने हामीमाथि दया देखाउनुहोस् र सहायता गर्नुहोस् ।”
23येशूले तिनलाई भन्‍नुभयो, “‘यदि तपाईंले गर्न सक्‍नुहुन्छ भने’ ? विश्‍वास गर्नेको निम्ति सबै कुरा सम्भव छ ।”
24तुरुन्तै त्यस बालकको बुबा चिच्‍च्याए र भने, “म विश्‍वास गर्छु ! मेरो अविश्‍वासमा सहायता गर्नुहोस् ।”
25जब येशूले भिड दौडदै उहाँहरूतिर आइरहेको देख्‍नुभयो, उहाँले त्यो अशुद्ध आत्मालाई हप्काउनुभयो र भन्‍नुभयो, “तँ गुँगा र बहिरो आत्मा, म आज्ञा गर्छु यसबाट निस्किजा र कहिल्यै पनि यसमा प्रवेश नगर ।”
26यो चिच्‍च्यायो र डरलाग्‍दो गरी लछारपछार गर्‍यो अनि निस्क्यो । त्यो केटा मरेकोजस्तै देखियो । त्यसैले, धेरैले भने, “ऊ मर्‍यो ।”
27तर येशूले त्यस केटालाई हातले समातेर उठाउनुभयो, र त्यो केटा उभियो ।
28जब येशू घरभित्र पस्‍नुभयो, चेलाहरूले उहाँलाई गुप्‍तमा सोधे, “हामीले यसलाई किन निकाल्न सकेनौँ ?”
29उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यस्तो किसिमको कुरालाई प्रार्थनाले बाहेक निकाल्‍न सकिँदैन ।”
30उहाँहरू त्यहाँबाट जानुभयो र गालील हुँदै जानुभयो । उहाँहरू कहाँ हुनुहुन्छ कसैलाई थाहा नहोस् भन्‍ने उहाँले चाहनुभयो,
31किनभने उहाँले आफ्ना चेलाहरूलाई सिकाइरहनुभएको थियो । उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मानिसका पुत्र मानिसहरूका हातमा सुम्पिनेछ र तिनीहरूले उसलाई मार्नेछन् । जब उसलाई मारिनेछ त्यसको तिन दिनपछि ऊ फेरि जीवित भई उठ्नेछ ।”
32तर तिनीहरूले यो भनाइलाई बुझेनन् र उहाँलाई सोध्‍न तिनीहरू डराए ।
33अनि उहाँहरू कफर्नहुममा आइपुग्‍नुभयो । जब उहाँ घरमा हुनुहुन्थ्यो उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरूले बाटोमा के छलफल गरिरहेका थियौ ?”
34तर सबै चुपचाप भए । किनभने तिनीहरूले “कोचाहिँ सबैभन्दा ठुलो हो” भनी बहस गरिरहेका थिए ।
35उहाँ बस्‍नुभयो र बाह्र जनालाई बोलाउनुभयो अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यदि कोही पहिलो हुन चाहन्छ भने त्यो सबैभन्दा अन्तिम र सबैको दास हुनुपर्छ ।”
36उहाँले एउटा सानो बालकलाई लिएर तिनीहरूका माझमा राख्‍नुभयो । उहाँले त्यसलाई हातमा लिनुभयो र तिनीहरूलाई भन्‍नुभयो,
37“जसले यस्तो बालकलाई मेरो नाउँमा ग्रहण गर्छ, उसले मलाई पनि ग्रहण गर्छ, र कसैले मलाई ग्रहण गर्छ भने उसले मलाई मात्र होइन, तर मलाई पठाउनुहुनेलाई पनि ग्रहण गर्छ ।”
38यूहन्‍नाले उहाँलाई भने, “गुरुज्यू, हामीले कसैलाई तपाईंको नाममा भूतात्मा धपाउँदै गरेको देख्यौँ र हामीले त्यसलाई रोक्यौँ, किनकि त्यसले हामीलाई पछ्याउँदैन ।”
39तर येशूले भन्‍नुभयो, “त्यसलाई नरोक, किनकि कसैले पनि मेरो नाउँमा शक्‍तिशाली काम गरेर तत्कालै मेरो बारेमा कुनै खराब कुरा भन्‍न सक्दैन ।
40जो हाम्रो विरुद्धमा छैन, त्यो हाम्रो हो ।
41तिमीहरू ख्रीष्‍टका भएको हुनाले कसैले एक गिलास पानी दिन्छ भने पनि साँचो साँचो म भन्दछु, कि उसले आफ्नो इनाम गुमाउनेछैन ।

Read मर्कूस 9मर्कूस 9
Compare मर्कूस 9:19-41मर्कूस 9:19-41