Text copied!
CopyCompare
पवित्र बाइबल - भजनसंग्रह - भजनसंग्रह 88

भजनसंग्रह 88:8-13

Help us?
Click on verse(s) to share them!
8तपाईंकै कारणले मेरा चिनजानकाहरूले मलाई बेवास्‍ता गर्छन् । तिनीहरूका निम्ति तपाईंले मलाई बिभत्‍स दृश्य बनाउनुभयो । म चारैतिरबाट घेरिएको छु र म उम्किन सक्दिनँ ।
9मेरा आँखाहरू कष्‍टले कमजोर हुन्छन् । हे परमप्रभु, दिनभरि म तपाईंमा पुकारा गर्छु । म आफ्‍ना हातहरू तपाईंतिर फैलाउँछु ।
10के तपाईंले मृतहरूका निम्ति चमत्कार गर्नुहुन्छ र? के मरेकाहरू उठनेछन् अनि तपाईंको प्रशंसा गर्नेछन् र? सेला
11के तपाईंको करारको विश्‍वस्‍तता चिहानमा, तपाईंको बफदारिता मृतकहरूका ठाउँमा घोषणा गरिने छ र?
12के तपाईंका अचम्‍मका कामहरू अन्‍धकारमा, वा तपाईंको धार्मिकता बिर्सने ठाउँमा थाहा हुनेछ र?
13तर हे परमप्रभु, म तपाईंमा पुकारा गर्छु । बिहानै मेरो प्रार्थना तपाईंको सामु आउँछ ।

Read भजनसंग्रह 88भजनसंग्रह 88
Compare भजनसंग्रह 88:8-13भजनसंग्रह 88:8-13