10के तपाईंले मृतहरूका निम्ति चमत्कार गर्नुहुन्छ र? के मरेकाहरू उठनेछन् अनि तपाईंको प्रशंसा गर्नेछन् र? सेला
11के तपाईंको करारको विश्वस्तता चिहानमा, तपाईंको बफदारिता मृतकहरूका ठाउँमा घोषणा गरिने छ र?
12के तपाईंका अचम्मका कामहरू अन्धकारमा, वा तपाईंको धार्मिकता बिर्सने ठाउँमा थाहा हुनेछ र?
13तर हे परमप्रभु, म तपाईंमा पुकारा गर्छु । बिहानै मेरो प्रार्थना तपाईंको सामु आउँछ ।
14हे परमप्रभु, तपाईंले मलाई किन इन्कार गर्नुहुन्छ? तपाईंको मुहार मबाट किन लुकाउनुहुन्छ?