Text copied!
CopyCompare
पवित्र बाइबल - भजनसंग्रह - भजनसंग्रह 81

भजनसंग्रह 81:1-5

Help us?
Click on verse(s) to share them!
1हाम्रो बल परमेश्‍वरको निम्ति ठुलो सोरले गाओ । याकूबका परमेश्‍वरको निम्ति जयजयकार गर ।
2गीत गाओ र खैंजडी बजाओ, वीणासँगै सारङ्गीको मीठो धुन बजाओ ।
3औंसीको दिनमा र पूर्णिमाको दिनमा, हाम्रो चाड सुरु हुँदा तुरही फुक ।
4किनकि यो इस्राएलको निम्ति आदेश हो, याकूबका परमेश्‍वरले दिनुभएको विधान हो ।
5जब उहाँ मिश्रदेशको विरुद्धमा जानुभयो, जहाँ मैले नचिनेको सोर मैले सुनें, तब उहाँले योसेफमा नियमको रूपमा यो जारी गर्नुभयोः

Read भजनसंग्रह 81भजनसंग्रह 81
Compare भजनसंग्रह 81:1-5भजनसंग्रह 81:1-5