Text copied!
CopyCompare
पवित्र बाइबल - भजनसंग्रह - भजनसंग्रह 80

भजनसंग्रह 80:2-8

Help us?
Click on verse(s) to share them!
2एफ्राइम, बेन्यामीन र मनश्‍शेको दृष्‍टिमा तपाईंको शक्ति चलाउनुहोस् । आउनुहोस् र हामीलाई बचाउनुहोस् ।
3हे परमेश्‍वर, हामीलाई पुनर्स्थापित गर्नुहोस् । हामीमाथि तपाईंको मुहार चम्काउनुहोस् र हामी बाँचाइनेछौं ।
4हे सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर, तपाईंका मानिसहरूले प्रार्थना गर्दा तपाईं कहिलेसम्म तिनीहरूसँग रिसाउनुहुनेछ ?
5तपाईंले तिनीहरूलाई आँसुको रोटी खुवाउनुभएको छ र तिनीहरूलाई अति धेरै आँशु पिउन दिनुभएको छ ।
6हाम्रा छिमेकीहरूलाई बहस गर्न तपाईंले हामीलाई त्‍यस्‍तो केही बनाउनुहुन्छ र हाम्रा शत्रुहरू आफ्‍ना माझमा हाम्रो बारेमा हाँसो गर्छन् ।
7हे सर्वशक्तिमान् परमप्रभु, हामीलाई पुनर्स्थापना गर्नुहोस् । आफ्‍नो मुहार हामीमाथि चम्काउनुहोस् र हामी बचाइनेछौं ।
8तपाईंले मिश्रदेशबाट एउटा दाखको बोट ल्याउनुभयो । तपाईंले जातिहरूलाई धपाउनुभयो र त्‍यसलाई रोप्‍नुभयो ।

Read भजनसंग्रह 80भजनसंग्रह 80
Compare भजनसंग्रह 80:2-8भजनसंग्रह 80:2-8