Text copied!
CopyCompare
पवित्र बाइबल - भजनसंग्रह - भजनसंग्रह 78

भजनसंग्रह 78:1-8

Help us?
Click on verse(s) to share them!
1हे मेरा मानिसहरू, मेरो शिक्षा सुन । मेरा मुखका वचनहरू सुन ।
2दृष्‍टान्तमा म आफ्‍नो मुख खोल्नेछु । विगतका गुप्‍त कुराको बारेमा म गीत गाउनेछु ।
3हामीले सुनेका र सिकेका कुराहरू, हाम्रा पुर्खाहरूले हामीलाई भनेका कुराहरू यिनै हुन् ।
4तिनीहरूका सन्‍तानहरूबाट हामी ती कुरा लुकाउनेछैनौं । परमप्रभुका प्रशंसनीय कामहरू, उहाँको सामर्थ्य र उहाँले गर्नुभएका अचम्‍मका कामहरूका बारेमा हामी अर्को पुस्तालाई बताउनेछौं ।
5किनकि उहाँले याकूबमा करारका नियमहरू स्थापित गर्नुभयो र इस्राएलमा व्यवस्था दिनुभयो । उहाँले हाम्रा पूर्खाहरूलाई ती आफ्ना सन्तानहरूलाई सिकाउने आज्ञा दिनुभयो ।
6उहाँले यस्तो आज्ञा दिनुभयो, ताकि अझै नजन्‍मेका छोराछोरी, अर्थात् आउने पुस्‍ताले उहाँका आदेशहरू जानोस्, जसले पछि तिनीहरूका आफ्‍नै सन्ताहरूलाई ती भन्‍नुपर्छ ।
7तब तिनीहरूले आफ्‍नो आसा परमेश्‍वरमा राखून् र उहाँका कामरू नबिर्सून्, तर उहाँका आज्ञाहरू पालन गरून् ।
8तब तिनीहरू आफ्‍ना पुर्खाहरूजस्ता हुनेछैनन्, जो हठी र विद्रोही पुस्ता थिए । एउटा यस्तो पुस्ता जसका हृदयहरू ठिक थिएनन् र जसका आत्माहरू परमेश्‍वरप्रति समर्पित र विश्‍वासयोग्य थिएनन् ।

Read भजनसंग्रह 78भजनसंग्रह 78
Compare भजनसंग्रह 78:1-8भजनसंग्रह 78:1-8