9हामी अब कुनै चिन्हहरू देख्दैनौं । अब कोही अगमवक्ता छैनन् र यो कहिलेसम्म रहन्छ भनी हाम्रा बिचमा हुने कसैले पनि जान्दैन ।
10हे परमेश्वर, शत्रुहरूले कहिलेसम्म हामीलाई अपमान गर्छन्? के शत्रुहरूले सदासर्वदा तपाईंको निन्दा गर्नेछन् ?
11आफ्नो बाहुली, तपाईंको दाहिने हात तपाईंले किन रोक्नुहुन्छ? आफ्नो दाहिने हात आफ्नो खल्तीबाट झिक्नुहोस् र तिनीहरूलाई नाश पार्नुहोस् ।
12तापनि पृथ्वीमा उद्धार ल्याउनुभएर परमेश्वर प्राचीन समयदेखि नै मेरो राजा हुनुभएको छ ।
13तपाईंले समुद्रलाई आफ्नो शक्तिले विभाजन गर्नुभयो । तपाईंले समुद्री भयानक जन्तुहरूका शिरहरू तोड्नुभयो ।
14तपाईंले लिव्यातन्को शिर कुच्याउनुभयो । तपाईंले त्यसलाई उजास्थानमा बस्नेहरूलाई खुवाउनुभयो ।
15तपाईंले मूलहरू र खोलाहरूका मुहान खोल्नुभयो । तपाईंले बगिरहेका नदीहरूलाई सुकाउनुभयो ।