Text copied!
CopyCompare
पवित्र बाइबल - भजनसंग्रह - भजनसंग्रह 64

भजनसंग्रह 64:2-9

Help us?
Click on verse(s) to share them!
2खराबी गर्नेहरूको गुप्‍त षड्यन्त्रबाट र अधर्म गर्नेहरूको कोलाहलबाट मलाई लुकाउनुहोस् ।
3तिनीहरूले तरवारहरूझैं आफ्‍ना जिब्राहरू धारिला बनाएका छन् । तीता शब्दहरूका काँडहरूले तिनीहरूले लक्षित गरेका छन् ।
4ताकि तिनीहरूले निर्दोष कसैलाई गुप्‍त ठाउँबाट हान्‍न सकून् । अचानक तिनीहरूले त्यसलाई हान्छन् र कुनै डर मान्दैनन् ।
5तिनीहरूले आफैलाई दुष्‍ट योजनामा उत्साहित पार्छन् । पासोहरू थाप्‍न तिनीहरू गोप्य रूपमा सल्लाह गर्छन् । तिनीहरू भन्छन्, “हामीलाई कसले देख्‍नेछ र?”
6तिनीहरू पापपूर्ण योजनाहरू बनाउँछन् । तिनीहरू भन्छन्, “हामीले एउटा होसियार योजना पूरा गरेका छौं ।” मानिसका भित्री विचारहरू र हृदयहरू गहन हुन्छन् ।
7तर परमेश्‍वरले तिनीहरूलाई प्रहार गर्नुहुनेछ । अचानक तिनीहरू उहाँको काँडले घाइते हुनेछन् ।
8तिनीहरूलाई ठेस खानेछन् । किनभने तिनीहरूका जिब्रोहरू तिनीहरूका विरुद्धमा छन् । तिनीहरूलाई देख्‍ने सबै जनाले आफ्‍ना मुन्टो हल्लाउनेछन् ।
9सबै मानिसहरूले भय मान्‍नेछन् र परमेश्‍वरका कामहरू घोषणा गर्नेछन् । उहाँले जे गर्नुभएको छ, त्‍यसको बारेमा तिनीहरूले बुद्धिमान् भएर विचार गर्छन् ।

Read भजनसंग्रह 64भजनसंग्रह 64
Compare भजनसंग्रह 64:2-9भजनसंग्रह 64:2-9