Text copied!
CopyCompare
पवित्र बाइबल - भजनसंग्रह - भजनसंग्रह 60

भजनसंग्रह 60:2-8

Help us?
Click on verse(s) to share them!
2तपाईंले देशलाई कम्पित पार्नुभएको छ । तपाईंले यसलाई टुक्रा पार्नुभएको छ । यसका दरारहरू निको पार्नुहोस्, किनकि यो कामिरहेको छ ।
3तपाईंले आफ्ना मानिसहरूलाई कठिन कुराहरू देख्‍न लगाउनुभएको छ । तपाईंले हामीलाई धरमराउने दाखमद्य पिउन लगाउनुभएको छ ।
4धनुधारीहरूका विरुद्धमा प्रदर्शन गर्नलाई तपाईंलाई आदर गर्नेहरूको निम्ति तपाईंले झन्डा खडा गर्नुभएको छ । सेला
5ताकि तपाईंले प्रेम गर्नुभएकाहरू बाँचून्, हामीलाई तपाईंको दाहिने बाहुलिले बचाउनुहोस् र मलाई जवाफ दिनुहोस् ।
6परमेश्‍वरले आफ्नो पवित्रतामा बोल्नुभएको छ, “म आनन्‍दित हुनेछु । म शकेमलाई बाँड्नेछु र सुक्‍कोतको बेसीलाई भाग लगाउनेछु ।
7गिलाद मेरो हो, मनश्‍शे मेरो हो । एफ्राइम मेरो टोप हो । यहूदा मेरो राजदण्ड हो ।
8मोआब मेरो बाटा हो । एदोममा म आफ्‍नो जुत्ता फुकाल्छु । पलिश्तीको कारणले म विजयमा कराउनेछु ।”

Read भजनसंग्रह 60भजनसंग्रह 60
Compare भजनसंग्रह 60:2-8भजनसंग्रह 60:2-8