Text copied!
CopyCompare
पवित्र बाइबल - भजनसंग्रह - भजनसंग्रह 59

भजनसंग्रह 59:13-17

Help us?
Click on verse(s) to share them!
13तिनीहरूलाई क्रोधमा भस्म पार्नुहोस्, तिनीहरूलाई भस्म पार्नुहोस् ताकि तिनीहरू कदापि नरहून् । परमेश्‍वरले याकूबामाथि र पृथ्वीको अन्तिम छेउसम्म राज्‍य गर्नुहुन्छ भनी तिनीहरूले जानून् । सेला
14तिनीहरू कुकुरझैं कराउँदै सहरभरि गएर साँझमा फर्कन्छन् ।
15तिनीहरू खाने कुरा खोज्दै घुम्छन् र तिनीहरू तृप्‍त भएनन् भने तिनीहरू कुकुरजस्तै कराउँछन् ।
16तर म तपाईंको सामर्थ्यको स्तुति गाउनेछु र बिहान म तपाईंको अटल प्रेमको स्तुति गाउनेछु । किनकि मेरो संकष्‍टको समय तपाईं मेरो उच्‍च धरहरा र शरणस्थान हुनुभएको छ ।
17हे मेरो सामर्थ्य, म तपाईंको स्तुति गाउनेछु । किनकि परमेश्‍वरचाहिं मेरो उच्‍च धरहरा, करारको विश्‍वस्‍तताको परमेश्‍वर हुनुहुन्छ ।

Read भजनसंग्रह 59भजनसंग्रह 59
Compare भजनसंग्रह 59:13-17भजनसंग्रह 59:13-17