Text copied!
CopyCompare
पवित्र बाइबल - भजनसंग्रह - भजनसंग्रह 55

भजनसंग्रह 55:14-22

Help us?
Click on verse(s) to share them!
14हामीले एकसाथ मीठो सङ्गति गर्थ्‍यौं । भीडको साथमा हामी परमेश्‍वरको भवनमा जान्‍थ्‍यौं ।
15तिनीहरूमाथि अचानक मृत्यु आइ लागोस् । तिनीहरू जिउँदै चिहानमा जाऊन् किनकि तिनीहरू जहाँ बस्छन् त्यहाँ तिनीहरूकै माझमा दुष्‍टता छ ।
16मेरो बारेमा, म परमेश्‍वरलाई पुकार्छु र पमरप्रभुले मलाई बचाउनुहुनेछ ।
17साँझ, बिहान र मध्यन्हमा म गुनासो गर्छु र विलाप गर्छु । उहाँले मेरो आवाज सुन्‍नुहुनेछ ।
18मेरो विरुद्धमा भएको युद्धबाट उहाँले मेरो जीवनलाई सुरक्षित छुट्टाउनुहुन्छ, किनकि मेरो विरुद्धमा युद्ध गर्नेहरू धैरै जना थिए ।
19परमेश्‍वर, जसले अनन्‍तदेखि राज्‍य गर्नुहुन्‍छ उहाँले तिनीहरूका कुरा सुन्‍नुहुनेछ र तिनीहरूको अपमान गर्नुहुनेछ । सेला तिनीहरू कहिल्यै परिवर्तन हुँदैनन् र तिनीहरूले परमेश्‍वरको भय मान्दैनन् ।
20मेरो मित्रले आफूसँग मिलापमा भएकाहरूका विरुद्धमा आफ्‍नो हात उठाएको छ । उसले बाँधेको करारलाई उसले आदर गरेको छैन ।
21उसको मुखले नौनीझैं चिप्लो थियो, तर त्‍यसको हृदय शत्रुतापूर्ण थियो । त्‍यसका शब्दहरू तेलभन्दा पनि चिल्‍ला थिए, तापनि तिनीहरू वास्तवमा नाङ्गो तरवारहरू नै थिए ।
22आफ्‍ना बोझहरू परमप्रभुमा राख र उहाँले तिमीलाई सम्हाल्नुहुनेछ । उहाँले धर्मी मानिसलाई कहिल्यै पनि डग्‍न दिनुहुन्‍न ।

Read भजनसंग्रह 55भजनसंग्रह 55
Compare भजनसंग्रह 55:14-22भजनसंग्रह 55:14-22