Text copied!
CopyCompare
पवित्र बाइबल - भजनसंग्रह - भजनसंग्रह 38

भजनसंग्रह 38:14-21

Help us?
Click on verse(s) to share them!
14म त्‍यो मानिसजस्‍तो भएको छु, जसले सुन्‍दैन, अनि जवाफ फर्काउँदैन ।
15हे परमप्रभु, निश्‍चय नै, म तपाईंको आसा गर्छु । हे परमप्रभु मेरो परमेश्‍वर, तपाईंले जवाफ दिनुहुनेछ ।
16म यसो भन्छु ताकि मेरा शत्रुहरूले मेरो गिल्ला नगरून् । मेरो खुट्टा चिप्लयो भने, तिनीहरूले मलाई डरलाग्दो कुराहरू गर्नेछन् ।
17किन मैले ठेस खान लागेको छु र म निरन्‍तर पीडामा छु ।
18म आफ्‍नो दोष स्वीकार गर्छु । मेरा पापको बारेमा म चिन्तित छु ।
19तर मेरा शत्रुहरू असंख्या छन् । मलाई गलत किसिमले घृणा गर्नेहरू धेरै जना छन् ।
20तिनीहरूले मलाई असलको सट्टा खराबी गर्छन् । जे असल छ सो कुराको पछि म लागे तापनि, तिनीहरूले ममाथि दोष थुपार्छन् ।
21हे परमप्रभु, मलाई नत्याग्‍नुहोस् । हे मेरा परमेश्‍वर, मबाट टाढा नहुनुहोस् ।

Read भजनसंग्रह 38भजनसंग्रह 38
Compare भजनसंग्रह 38:14-21भजनसंग्रह 38:14-21