6तब मेरो चारैतिर भएका मेरा शत्रुहरूमाथि मेरो शिर उच्च पारिनेछ र उहाँको पालमा आनन्दका बलिहरू म चढाउनेछु । परमप्रभुको निम्ति म गीत रच्नेछु र गाउनेछु ।
7हे परमप्रभु, मैले पुकारा गर्दा मेरो सोर सुन्नुहोस् । ममाथि दया गर्नुहोस् र मलाई जवाफ दिनुहोस् ।
8मेरो हृदयले तपाईंको बारेमा यसो भन्छ, “उहाँको मुहारको खोजी गर् !” हे परमप्रभु, म तपाईंको मुहारको खोजी गर्छु ।
9मबाट तपाईंको मुहार नलुकाउनुहोस् । आफ्नो दासलाई रिसमा नफर्काउनुहोस् । तपाईं मेरो सहायक हुनुभएको छ । हे मेरो उद्धारको परमेश्वर, मलाई नत्याग्नुहोस् वा नछोड्नुहोस् ।
10मेरो बुबा र मेरी आमाले मलाई त्याग्न सक्छन्, परमप्रभुले मलाई भित्र लानुहुनेछ ।