Text copied!
CopyCompare
पवित्र बाइबल - भजनसंग्रह - भजनसंग्रह 18

भजनसंग्रह 18:42-48

Help us?
Click on verse(s) to share them!
42हावाको सामु धूलोझैं मैले तिनीहरूलाई चकनाचूर पारें । गल्‍लीमा हिलोझैं मैले तिनीहरूलाई फालें ।
43मानिसहरूका विवादबाट तपाईंले मलाई बचाउनुभयो । तपाईंले मलाई जातिहरूमाथि शिर तुल्याउनुभएको छ । मैले नचिनेका मानिसहरूले मेरो सेवा गर्छन् ।
44तिनीहरूले मेरा कुरा सुन्‍ने बित्तिकै, तिनीहरूले मेरा आज्ञा पालन गरे । विदेशीहरू मेरो सामु झुक्‍न बाध्य भए ।
45विदेशीहरू आफ्‍ना किल्लाहरूबाट थरथर कम्दै बाहिर आए ।
46परमप्रभु जीवित हुनुहुन्छ । मेरो चट्टानको प्रशंसा होस् । मेरो उद्धारका परमेश्‍वरलाई उच्‍च पारियोस् ।
47मेरो निम्ति बदला लिनुहुने परमेश्‍वर उहाँ नै हुनुहुन्छ, जसले जातिहरूलाई मेरो वशमा पार्नुहुन्छ ।
48मेरा शत्रहरूबाट म मुक्‍त पारिएको छु । वास्तवमा, मेरो विरुद्ध उठ्नेहरूभन्दा माथि तपाईंले मलाई उठाउनुभयो । हिंस्रक मानिसहरूबाट तपाईंले मलाई बचाउनुभयो ।

Read भजनसंग्रह 18भजनसंग्रह 18
Compare भजनसंग्रह 18:42-48भजनसंग्रह 18:42-48