Text copied!
CopyCompare
पवित्र बाइबल - प्रेरित - प्रेरित 9

प्रेरित 9:8-25

Help us?
Click on verse(s) to share them!
8शाऊल भुइँबाट उठे र तिनले आफ्ना आँखा खोल्दा तिनले केही देखेनन् । त्यसैले, तिनीहरूले हात समातेर तिनलाई दमस्कस पुर्‍याए ।
9तिनी तिन दिनसम्म दृष्‍टिविहीन भए र तिनले न खाए न पिए ।
10दमस्कसमा हननिया नाउँ गरेका चेला थिए । प्रभुले दर्शनमा तिनलाई भन्‍नुभयो, “ए हननिया” तिनले भने, “प्रभु, म यहीँ छु ।”
11प्रभुले तिनलाई भन्‍नुभयो, “उठ र सोझो भनिने गल्लीमा जाऊ र त्यहाँ यहूदाको घरमा टार्ससका शाऊल नाउँ गरेका मानिसको खोजी गर । किनकि तिनी प्रार्थना गर्दैछन् ।
12र तिनले दृष्‍टि पाउन सकून् भनेर तिनले दर्शनमा हननिया नाउँका मानिसले तिनीमाथि हात राखेको देखेका छन् ।”
13तर हननियाले जवाफ दिए, “प्रभु, तिनले यरूशलेममा तपाईंका पवित्र मानिसहरूलाई कति धेरै हानि पुर्‍याएका छन् भन्‍ने बारेमा मैले धेरै मानिसहरूबाट सुनेको छु ।
14तपाईंको नाउँ लिने हरेकलाई गिरफ्तार गर्न तिनले मुख्य पूजाहारीहरूबाट अधिकार पाएका छन् ।”
15तर प्रभुले तिनलाई भन्‍नुभयो, “जाऊ, किनकि अन्यजातिहरू र राजाहरू र इस्राएलका सन्तानहरूको सामु मेरो नाउँ प्रचार गर्न तिनी छानिएका एक पात्र हुन् ।
16किनकि मेरो नाउँको खातिर तिनले कति धेरै दुःख भोग्‍नुपर्नेछ भनी म तिनलाई देखाउनेछु ।”
17त्यसैले, हननिया गए र त्यस घरभित्र प्रवेश गरे । तिनीमाथि आफ्ना हात राख्दै उनले भने, “भाइ शाऊल, तिमीले आफ्नो दृष्‍टि पाउन सक र पवित्र आत्माले भरिन सक भनी तिमी आउँदा बाटोमा देखा पर्नुहुने प्रभु येशूले मलाई पठाउनुभएको छ ।”
18तुरुन्तै शाऊलका आँखाबाट पाप्राजस्ता केही खसे र तिनले दृष्‍टि पाए । तिनी उठे र बप्‍तिस्मा लिए ।
19तिनले केही खाएपछि तिनमा ताकत आयो । तिनी केही दिनसम्म दमस्कसका चेलाहरूसँगै बसे ।
20तुरुन्तै येशू नै परमेश्‍वरका पुत्र हुनुहुन्छ भन्दै तिनले सभाघरहरूमा उहाँको प्रचार गरे ।
21तिनका कुरा सुन्‍नेहरू सबै छक्‍क परे र तिनीहरूले भने, “यरूशलेममा यो नाउँ लिनेहरूलाई नष्‍ट गर्ने मानिस यिनी नै होइनन् र ? के तिनी उनीहरूलाई बाँधेर मुख्य पूजाहारीहरूकहाँ लैजान यहाँ आएका होइनन् र ?”
22तर प्रचारको लागि शाऊल अझै शक्तिशाली बने र येशू नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने प्रमाण दिएर दमस्कसमा बस्‍ने यहूदीहरूलाई तिनले अकमक्‍क पारिदिए ।
23धेरै दिन बितेपछि यहूदीहरूले तिनलाई मार्ने षड्यन्‍त्र रचे ।
24तर शाऊलले तिनीहरूको षड्यन्‍त्र थाहा पाए । तिनलाई मार्ने उद्देश्यले तिनीहरू दिनरात ढोकाहरूमा चेवा गरेर बस्थे ।
25तर तिनका चेलाहरूले तिनलाई राती नै पर्खालबाट टोकरीमा हालेर खसालिदिए ।

Read प्रेरित 9प्रेरित 9
Compare प्रेरित 9:8-25प्रेरित 9:8-25