Text copied!
CopyCompare
पवित्र बाइबल - प्रेरित - प्रेरित 2

प्रेरित 2:1-8

Help us?
Click on verse(s) to share them!
1जब पेन्तिकोसको दिन आयो, तिनीहरू सबै जना एकै ठाउँमा थिए ।
2एक्‍कासि स्वर्गबाट जोडसँग शक्तिशाली हावाको झोक्‍का जस्तै आवाज आयो र तिनीहरू बसिरहेको पुरै घर भरियो ।
3आगोका जिब्राहरू जस्ता तिनीहरूकहाँ देखा परे र भागभाग भएर तिनीहरू हरेकमाथि बसे ।
4तिनीहरू सबै जना पवित्र आत्माले भरिए र आत्माले तिनीहरूलाई दिनुभएअनुसार अरू भाषाहरूमा बोल्न थाले ।
5यरूशलेममा स्वर्गमुनि भएका हरेक जातिबाट आएका ईश्‍वरभक्त यहूदीहरू बसिरहेका थिए ।
6जब यो आवाज सुनियो मानिसहरूका भिड एकसाथ आए र अन्योलमा परे किनभने हरेकले तिनीहरू तिनीहरूका आफ्नै भाषामा बोलिरहेका सुने ।
7तिनीहरू छक्‍क र चकित भए र तिनीहरूले भने, “साँच्‍चै, के यी बोलिरहनेहरू गालीलीहरू होइनन् ?
8त्यसो भए किन तिनीहरूले हाम्रो आफ्नै भाषाहरूमा नै बोलिरहेका हामी हरेकले सुनिरहेका छौँ ?

Read प्रेरित 2प्रेरित 2
Compare प्रेरित 2:1-8प्रेरित 2:1-8