Text copied!
CopyCompare
पवित्र बाइबल - प्रेरित - प्रेरित 27

प्रेरित 27:8-22

Help us?
Click on verse(s) to share them!
8समुद्रीतट भएर लासिया सहरको नजिकै रहेको सुन्दर बन्दरगाह भन्‍ने ठाउँसम्म नपुगेसम्म हामीले कष्‍टसाथ यात्रा गर्‍यौँ ।
9हामीले ज्यादै धेरै समय लगायौँ । यहूदी उपवासको समय पनि बितिसकेको थियो । सामुद्रिक यात्रा खतरनाक भएको थियो । त्यसैले, पावलले तिनीहरूलाई चेताउनी दिए,
10र भने, “मानिसहरू हो, हामीले सुरु गर्न लागेको सामुद्रिक यात्रामा हाम्रा सामानहरू र जहाजलाई मात्र होइन, हामीलाई पनि ठुलो चोटपटक लाग्‍नेछ र नोक्सानी हुनेछ भन्‍ने म देख्छु ।”
11तर सिपाहीका कप्‍तानले पावलले बोलेका कुरामा भन्दा जहाजका चालक र जहाजको मालिकको कुरामा बढ्ता ध्यान दिए ।
12किनभने जाडो समयमा त्यो बन्दरगाहमा समय बिताउन सजिलो थिएन । त्यसैले, जहाज चालकहरूमध्ये धेरै जनाले जसरी भएपनि फोनिक्स सहरमा पुगेर जाडो बिताउनको लागि त्यहाँबाट यात्रा गर्न सल्लाह दिए । फोनिक्स क्रेटको एउटा बन्दरगाह हो, जुन उत्तर-पूर्व र दक्षिण-पूर्वपट्टि फर्केको छ ।
13जब दक्षिणी बतास मन्द रूपले बहन थाल्यो, तब जहाज चालकहरूले जे चाहेका थिए त्यो प्राप्‍त गरे भनी उनीहरूले सोचे । त्यसकारण, तिनीहरूले लङ्गर निकाली समुद्रमा खसाले, र क्रेटको समुद्र किनार हुँदै यात्रा गरे ।
14तर त्यसको केही समयपछि डरलाग्दो उत्तर-पूर्वी नामक तुफान चल्यो र त्यो सम्पूर्ण टापुभरि हामीमाथि बज्रन थाल्यो ।
15जहाजले त्यस आँधीको सामना गर्न नसकेपछि हामीले हार मान्यौँ, र त्यसले जता लैजान्थ्यो, त्यतै गयौँ ।
16हामी क्लौडा नाउँ गरेको एउटा सानो टापुको सुरक्षित स्थान हुँदै लाग्यौँ, अनि बडो कष्‍टका साथ पानी जहाजमा रहेको सानो डुङ्गालाई जोगाउन सक्षम भयौँ ।
17जब तिनीहरूले यसलाई माथि उचाले, त्यसपछि त्यसका डोरीहरू जहाजको मुख्य भागलाई बाँध्‍नको लागि प्रयोग गरे । हामीहरू सिरटिसको बलौटे धापमा फस्छौँ कि भनेर तिनीहरू डराएका थिए । त्यसैले, तिनीहरूले लङ्गरहरू झारिदिए, र जहाज आफैँ तैरन थाल्यो ।
18हामी आँधीद्वारा धेरै धकेलियौँ । त्यसकारण, अर्को दिन जहाज चालकहरूले जहाजमा राखिएका समानहरू समुद्रमा फाल्न लागे ।
19तेस्रो दिन जहाज चालकहरूले जहाजलाई नियन्‍त्रण गर्न सामान पुन: फाले ।
20जब धेरै दिनसम्म सूर्य र ताराहरू हाम्रामाझ चम्किएनन्, र ठुलो आँधी हामीमाथि बज्रिरह्‍य ो, तब हामीले बच्‍न सक्छौँ कि भन्‍ने आशा नै त्यागेका थियौँ ।
21जब तिनीहरूले खानाविना धेरै दिन बिताइसकेका थिए, त्यसपछि पावल जहाज चालकहरूका माझमा खडा भए, र भने, “मानिसहरू हो, यो चोट र हानि नभोग्‍नलाई मेरो कुरा मानेर क्रेटबाट यात्रा नगरेको भए असल हुने थियो ।
22अब म तपाईंहरूलाई साहसी बन्‍न उत्साह दिन्छु, किनभने तपाईंहरूका माझमा कुनै पनि मानवीय क्षति हुनेछैन, जहाजको मात्रै क्षति हुनेछ ।

Read प्रेरित 27प्रेरित 27
Compare प्रेरित 27:8-22प्रेरित 27:8-22