Text copied!
CopyCompare
पवित्र बाइबल - प्रेरित - प्रेरित 27

प्रेरित 27:23-39

Help us?
Click on verse(s) to share them!
23किनभने गएको रात मैले आराधना गर्ने परमेश्‍वर जसको म हुँ, उहाँका एक स्वर्गदूत मेरो छेउमा उभिए
24र भने, “नडराऊ, पावल । तिमी कैसरको अगाडि उभिनु पर्छ र हेर परमेश्‍वरले आफ्नो कृपामा तिमीसँग यो जहाजमा यात्रा गरिरहेका सबैलाई तिम्रो हातमा दिनु भएको छ ।
25त्यसकारण, मानिसहरू, साहसी हुनुहोस् किनभने म परमेश्‍वरलाई भरोसा गर्दछु, कि मलाई जे भनिएको छ त्यस्तै हुनेछ ।
26तर हाम्रो जहाज भने कुनै टापुमा पुगेर क्षतिग्रस्त हुनुपर्नेछ ।”
27जब चौधौँ रात आयो, हामी यताउता गर्दै भएर एड्रियाटिक समुद्रमा यात्रा गरिरहेका थियौँ, मध्यरातमा जहाज चालकहरूले कुनै जमिन नजिक पुगिरहेका छौँ भन्‍ने विचार गरे ।
28तिनीहरूले गहिराइ नापे र गहिराइ लगभग छत्तिस मिटर भएको पत्ता लगाए, केही समय पछि फेरि उनीहरूले नाप लिए र गहिराइ सत्ताइस मिटर भएको पत्ता लगाए ।
29हामीहरू चट्टानहरूमा ठोकिएर दुर्घटनामा पर्छौं कि भनेर तिनीहरू डराए, त्यसैले तिनीहरूले जहाजको पछाडि पट्टिबाट चारवटा लंगर तल खसालेर चाँडै बिहान होस् भनेर प्रार्थना गरे ।
30जहाज चालकहरूले त्यो जहाजलाई त्याग्‍नको लागि बाटो खोजिरहेका थिए र सानो डुङ्गा समुद्रमा तल झारे अनि जहाजको अगाडिको भागबाट लंगरहरू तल खसाल्छौँ भनी बहाना बनाए ।
31तर पावलले सिपाहीहरू र उनीहरूका कप्‍तानलाई भने, “यी मानिसहरू यस जहाजमा बसेनन् भने तपाईंहरू जीवित रहन सक्‍नुहुने छैन ।”
32त्यसपछि सिपाहीहरूले त्यो डुङ्गाको डोरी काटिदिए र त्यसलाई त्यही पानीमा नै बगेर जान दिए ।
33जब बिहानको हुनै लागेको थियो, पावलले ती सबैलाई खाना खान बिन्ती गरे । उनले भने, “तपाईंहरूले खाना नखाई पर्खिएको आज यो चौधौँ दिन हो, तपाईंहरूले केही पनि खानु भएको छैन ।
34त्यसैले तपाईंहरूले केही खानुहोस् किनकि यो तपाईंहरूलाई बाँच्‍नको लागि हो र तपाईंहरूको टाउकोको एउटै रौँ पनि नष्‍ट हुन पाउने छैन ।”
35त्यति भनिसकेपछि, उनले रोटी लिए र सबैको सामु परमेश्‍वरलाई धन्यवाद दिए । त्यसपछि उनले त्यो रोटी भाँचे अनि खान सुरु गरे ।
36त्यसपछि तिनीहरू सबै उत्साहित भए र खाना खाए ।
37हामी जहाजमा 276 जना मानिस थियौँ ।
38जब उनीहरूले पर्याप्‍त खाना खाए, त्यसपछि तिनीहरूले गहुँलाई समुद्रमा फ्याँकेर जहाजलाई हलुका बनाए ।
39जब उज्यालो भयो, तिनीहरूले जमिनलाई चिन्‍न सकेनन्, तर तिनीहरूले समुद्रबाट बलौटे किनारा भएको खाडी देखे, अनि तिनीहरूले जहाजलाई त्यहाँ लैजान सक्छन् कि सक्दैनन् भनी छलफल गरे ।

Read प्रेरित 27प्रेरित 27
Compare प्रेरित 27:23-39प्रेरित 27:23-39