Text copied!
CopyCompare
पवित्र बाइबल - प्रेरित - प्रेरित 27

प्रेरित 27:2-10

Help us?
Click on verse(s) to share them!
2हामी एड्रामिटेनोसबाट जहाजमा चढ्यौँ, जुन एसियाको समुद्रीतट भएर जान लाग्दै थियो । त्यसैले, हामी समुद्रतिर गयौँ । माकेडोनियामा पर्ने थेसेलोनिकेका अरिस्तार्खस हामीसँगै गए ।
3अर्को दिन हामी जहाजबाट सिदोन सहरमा उत्रियौँ, जहाँ युलियसले पावललाई दयापूर्ण व्यवहार गरे, र उनलाई उनका साथीहरूकहाँ जान अनुमति दिए ताकि उनले तिनीहरूबाट वास्ता पाउन सकून् ।
4त्यहाँबाट हामी समुद्रतिर लाग्यौँ, अनि बतासबाट सुरक्षित भएको साइप्रसको टापु नजिक जहाजमा यात्रा गर्‍यौँ, किनभने बतास हाम्रो विपरीत दिशाबाट चलेको थियो ।
5किलिकिया र पामफिलियाको नजिकैबाट जहाजमा यात्रा गर्दै हामी लुकिया सहरको माइरा आइपुग्यौँ ।
6त्यहाँ सिपाहीका कप्‍तानले इटाली गइरहेको अलेक्जेन्ड्रियाको एउटा जहाज भेट्टाए । उनले हामीलाई त्यसमा चढाइदिए ।
7जब हामी धेरै दिन यात्रा गर्दै बिस्तारै र कष्‍टसाथ अन्तमा क्‍निडस नजिकै आइपुग्यौँ, बतासले हामीलाई त्यताबाट अगाडि बढ्न दिएन । त्यसैले, हामीले सल्मोनको सामुन्‍ने रहेको क्रेटको आड लिएर यात्रा गर्‍यौँ ।
8समुद्रीतट भएर लासिया सहरको नजिकै रहेको सुन्दर बन्दरगाह भन्‍ने ठाउँसम्म नपुगेसम्म हामीले कष्‍टसाथ यात्रा गर्‍यौँ ।
9हामीले ज्यादै धेरै समय लगायौँ । यहूदी उपवासको समय पनि बितिसकेको थियो । सामुद्रिक यात्रा खतरनाक भएको थियो । त्यसैले, पावलले तिनीहरूलाई चेताउनी दिए,
10र भने, “मानिसहरू हो, हामीले सुरु गर्न लागेको सामुद्रिक यात्रामा हाम्रा सामानहरू र जहाजलाई मात्र होइन, हामीलाई पनि ठुलो चोटपटक लाग्‍नेछ र नोक्सानी हुनेछ भन्‍ने म देख्छु ।”

Read प्रेरित 27प्रेरित 27
Compare प्रेरित 27:2-10प्रेरित 27:2-10