Text copied!
CopyCompare
पवित्र बाइबल - प्रेरित - प्रेरित 1

प्रेरित 1:12-16

Help us?
Click on verse(s) to share them!
12त्यसपछि तिनीहरू यरूशलेम नजिकै पर्ने जैतून डाँडाबाट यरूशलेमतिर फर्के, जुन एक शबाथ दिनको यात्रा जति टाढा थियो ।
13तिनीहरू आइपुगेपछि तिनीहरू बसिरहेका माथिल्लो कोठामा गए । तिनीहरू पत्रुस, यूहन्‍ना, याकूब, अन्द्रियास, फिलिप, थोमा, बारथोलोमाइ, मत्ती, अल्फयसका छोरा याकूब, उग्रवादी सिमोन र यकूबका छोरा यहूदा थिए ।
14तिनीहरू एकै मनको भएर प्रार्थनामा यत्‍नपूर्वक लागिरहे । त्यहाँ येशूकी आमा मरियम लगायत अन्य महिलाहरू र उहाँका भाइहरू पनि थिए ।
15ती दिनहरूमा झण्डै १२० जना भाइका माझमा पत्रुस खडा भए र भने,
16“भाइहरू हो, येशूलाई पक्राऊ गर्नलाई अगुवाइ गर्ने यहूदाको बारे दाऊदको मुखबाट पवित्र आत्माले पहिला नै बोल्नुभएको धर्मशास्‍त्र पुरा हुनु आवश्यक थियो ।

Read प्रेरित 1प्रेरित 1
Compare प्रेरित 1:12-16प्रेरित 1:12-16