Text copied!
CopyCompare
पवित्र बाइबल - प्रेरित - प्रेरित 1

प्रेरित 1:1-14

Help us?
Click on verse(s) to share them!
1थियोफिलस, मैले पहिला लेखेको पुस्तकले येशूलाई माथि नलगिएसम्म उहाँले गर्न र सिकाउन थाल्नुभएका सबै कुरा बताएको छ ।
2उहाँले चुन्‍नुभएका प्रेरितहरूलाई पवित्र आत्माद्वारा उहाँले आज्ञा दिनुभएपछि यसो भएको थियो ।
3उहाँको कष्‍टभोगपछि उहाँले धेरै विश्‍वसनीय प्रमाणसहित आफैँलाई तिनीहरूकहाँ जीवित प्रस्तुत गर्नुभयो । उहाँ चालिस दिनसम्म उनीहरूकहाँ देखा पर्नुभयो र परमेश्‍वरको राज्यको बारेमा बताउनु भयो ।
4उहाँले तिनीहरूसँग भेटघाट गरिरहँदा उहाँले तिनीहरूलाई यरूशलेम नछोड्न, तर पिताको प्रतिज्ञाको प्रतीक्षा गर्नलाई आज्ञा दिनुभयो । त्यसको बारेमा उहाँले भन्‍नुभयो, “तिमीहरूले मबाट सुन्यौ
5कि वास्तवमा यूहन्‍नाले पानीले बप्‍तिस्मा दिए, तर केही दिनमा नै तिमीहरूलाई पवित्र आत्मामा बप्‍तिस्मा दिइनेछ ।
6तिनीहरू सँगै भेलाहुँदा, तिनीहरूले उहाँलाई सोधे, “प्रभु, के तपाईंले इस्राएल राज्य पुनर्स्थापना गर्नुहुने समय यही हो ?”
7उहाँले तिनीहरूलाई भन्‍नुभयो, “पिताले उहाँको अधिकारद्वारा तोक्‍नुभएको समय र ऋतुहरू जान्‍ने काम तिमीहरूको होइन ।
8तर जब पवित्र आत्मा तिमीहरूमाथि आउनुहुन्छ, तिमीहरूले शक्ति प्राप्‍त गर्नेछौ, अनि तिमीहरू यरूशलेममा र सारा यहूदियामा र सामरिया र पृथ्वीको अन्तिम छेउसम्मै मेरा साक्षीहरू हुनेछौ ।”
9येशूले यी कुराहरू भनिसक्‍नुभएपछि, तिनीहरूले माथि हेरिरहँदा उहाँलाई माथि उठाइयो, र बादलले उहाँलाई तिनीहरूका आँखाबाट छेक्यो ।
10उहाँ जाँदै गर्नुहुँदा तिनीहरूले स्वर्गतिर उत्कटतापूर्वक हेरिररहेका बेला सेतो वस्‍त्र पहिरेका दुई जना मानिस अचानक तिनीहरूका छेउमा खडा भए ।
11तिनीहरूले भने, “हे गालीलका मानिसहरू हो, तिमीहरू यहाँ उभिएर किन स्वर्गतिर हेरिरहन्छौ ? स्वर्ग आरोहण हुनुभएका यी येशूलाई तिमीहरूले जसरी स्वर्गतिर गइरहेका देखेका छौ, उहाँ त्यसरी नै फर्कनुहुनेछ ।
12त्यसपछि तिनीहरू यरूशलेम नजिकै पर्ने जैतून डाँडाबाट यरूशलेमतिर फर्के, जुन एक शबाथ दिनको यात्रा जति टाढा थियो ।
13तिनीहरू आइपुगेपछि तिनीहरू बसिरहेका माथिल्लो कोठामा गए । तिनीहरू पत्रुस, यूहन्‍ना, याकूब, अन्द्रियास, फिलिप, थोमा, बारथोलोमाइ, मत्ती, अल्फयसका छोरा याकूब, उग्रवादी सिमोन र यकूबका छोरा यहूदा थिए ।
14तिनीहरू एकै मनको भएर प्रार्थनामा यत्‍नपूर्वक लागिरहे । त्यहाँ येशूकी आमा मरियम लगायत अन्य महिलाहरू र उहाँका भाइहरू पनि थिए ।

Read प्रेरित 1प्रेरित 1
Compare प्रेरित 1:1-14प्रेरित 1:1-14