9तिनीहरूले यासोन र अरू भाइहरूबाट जरिवानाको रकम लिइसकेपछि उनीहरूलाई जान दिए ।
10त्यही रात भाइहरूले पावल र सिलासलाई बेरियामा पठाइदिए । त्यहाँ आइपुगेपछि उनीहरू यहूदीहरूको सभाघरमा पसे ।
11थेसलोनिकेमा भएका मानिसहरूभन्दा यहाँका मानिसहरू असल थिए किनभने यिनीहरूले सिकाइएका कुराहरू त्यस्तै हुन् कि होइनन् भनी दैनिक रूपमा धर्मशास्त्रबाट जाँच्दै खुल्ला रूपमा परमेश्वरको वचनलाई ग्रहण गर्थे ।