13तर जब पावलले परमेश्वरको वचन बेरियामा पनि घोषणा गर्दैछन् भनी थेसलोनिकेका यहूदीहरूले थाहा पाए, तिनीहरू त्यहाँ गएर भिडहरूलाई उक्साए र खलबल मच्चाउन लगाए ।
14त्यसपछि भाइहरूले पावललाई तुरुन्तै समुद्रतिर पठाइदिए, तर सिलास र तिमोथी त्यहीँ बसे ।
15पावललाई डोर्याइरहेका मानिसहरूले उनलाई एथेन्स सहरसम्म लगे । पावललाई त्यहाँ छोडेर फर्कंदा पावलले तिनीहरूसँग सिलास र तिमोथीलाई जति सक्दो छिट्टो उनीकहाँ आउनू भन्ने निर्देशन दिएर पठाए ।
16पावलले सिलास र तिमोथीलाई एथेन्समा पर्खंदै गर्दा, त्यो सहर मूर्ती नै मूर्तीले भरिएको देखेर उनको आत्मा उनीभित्र वेचैन भयो ।
17यसैकारण उनले यहूदीहरू र परमेश्वरको आराधना गर्नेहरूसँग सभाघरहरूमा र बजारमा दिनहुँ भेटिने मानिसहरूसँग पनि यसको बारेमा बहस गरे ।
18तर त्यहाँ कतिजना एपिक्युरी र स्तोइकी दार्शनिकहरूसँग पनि उनको विवाद भयो । र केहीले यसो भने, “यो बकबकेले के भन्न खोज्दैछ ?” अरूहरूले भने, “ऊ त विदेशी देवताहरूको प्रचारक जस्तो देखिन्छ ।” किनभने उनले येशू र उहाँको पुनरुत्थानको बारेमा प्रचार गर्दै थिए ।
19तिनीहरूले पावललाई अरिओपागसमा ल्याए, र उनलाई सोधे, “के हामी तपाईंले बताइरहनुभएको नयाँ शिक्षाको बारेमा जान्न सक्छौँ ?
20किनभने तपाईंले केही अनौठा कुराहरू हाम्रो कानमा ल्याउँदै हुनुहुन्छ । त्यसकारण हामी यी कुराहरूको अर्थ के हो भनी जान्न चाहन्छौँ ।”