Text copied!
CopyCompare
पवित्र बाइबल - प्रेरित - प्रेरित 16

प्रेरित 16:28-40

Help us?
Click on verse(s) to share them!
28तर पावलले चर्को सोरले कराएर भने, “आफूलाई हानि नगर्नुहोस् किनकि हामी सबैजना यहीँ छौँ ।”
29झ्यालखानाका हाकिमले बत्ती बाल्न लगाए र दौडेर भित्र पसे अनि डराउँदै पावल र सिलासको सामु भुइँमा लम्पसार परे ।
30अनि उनीहरूलाई बाहिर निकाले र भने, “हजुर, उद्धार पाउनका निम्ति मैले के गर्नुपर्छ ?”
31उनीहरूले भने, “प्रभु येशूमा विश्‍वास गर्नुहोस् अनि तपाईंले उद्धार पाउनुहुने छ, तपाईं र तपाईंको परिवारले ।”
32उनीहरूले प्रभुको वचन तिनलाई र तिनका घर-परिवारका सबैलाई सुनाए ।
33तब रातको त्यही घडी झ्यालखानाका हाकिमले उनीहरूलाई निकालेर लगे अनि उनीहरूका घाउचोटहरू सफा गरिदिए र झ्यालखानाका हाकिम र उनका सबै घरानालाई तुरुन्तै बप्‍तिस्‍मा दिइयो ।
34उनले पावल र सिलासलाई आफ्नो घरमा लिएर गए र तिनीहरूलाई खाना खुवाए । उनी उनका सबै घराना निकै रमाए किनभने उनीहरू सबैले परमेश्‍वरमा विश्‍वास गरेका थिए ।
35भोलिपल्ट बिहान न्यायाधीशहरूले झ्यालखानाका सिपाहीहरूलाई यसो भन्दै सन्देश पठाए, “ती मानिसहरूलाई छाडिदेओ ।”
36यसकारण झ्यालखानाका हाकिमले पावललाई भने, “न्यायाधीशहरूले तपाईंहरूलाई छाडिदिनू भनेर आदेश दिएका छन्, त्यसैले तपाईंहरू बाहिर आउनुहोस् र शान्तिसँग जानुहोस् ।”
37तर पावलले तिनीहरूलाई भने, “हामी निर्दोष रोमी नागरिक भए तापनि तिनीहरूले हामीलाई सार्वजनिक स्थलमा पिटेका छन् र हामीलाई झ्यालखानामा हालेका छन्; र अहिले हामीलाई सुटुक्‍क पठाउन खोज्दैछन् ? वास्तवमा त्यसो होइन, तिनीहरू आफैँ आएर र हामीलाई छुटाएर लैजाउन् ।”
38तब झ्यालखानाका सिपाहीहरूले गएर न्यायाधीशहरूलाई यी कुरा सुनाए; अनि तिनीहरूले पावल र सिलास रोमी हुन् भन्‍ने थाहा पाएपछि न्यायाधीशहरू डराए ।
39न्यायाधीशहरू आफैँ आएर बिन्ति गरे र पावल र सिलासलाई झ्यालखानाबाट बाहिर निकाले अनि सहर छाडेर जान आग्रह गरे ।
40अनि पावल र सिलास झ्यालखानाबाट निस्केर लिडियाको घरमा गए । जब पावल र सिलासले दाजुभाइहरूलाई देखे, उनीहरूले तिनीहरूलाई प्रोत्साहन दिए र त्यस सहरबाट आफ्नो बाटो लागे ।

Read प्रेरित 16प्रेरित 16
Compare प्रेरित 16:28-40प्रेरित 16:28-40