18यी वचनहरूले पनि पावल र बारनाबासले तिनीहरूले भिडलाई बलिदान गर्नबाट बढो मुस्किलले रोके ।
19तर एन्टिओखिया र आइकोनियमबाट केही यहूदीहरू आए र भिडहरूलाई मनाए । तिनीहरूले पावललाई ढुङ्गाले हाने र ऊ मरेछ भनी विचार गरेर घिसार्दै सहरबाट बाहिर निकाले ।
20तर पनि चेलाहरू उनको वरिपरि उभिरहँदा, उनी उठे र सहरभित्र पसे । अर्को दिन बारनाबाससँग उनी डर्बीतिर गए ।
21सहरमा तिनीहरूले सुसमाचार प्रचार गरे र धेरैलाई चेलाहरू बनाएपछि तिनीहरू लुस्त्रा, आइकोनियम र एन्टिओखियामा फर्किए ।
22तिनीहरूले चेलाहरूको मनलाई दह्रिलो बनाउँदै र विश्वासमा रहिरहनका निम्ति उत्साहित दिने काममा लागिरहे । तिनीहरूले उनीहरूलाई धेरै दुःख र सातवटहरूबाट भएर नै हामी परमेश्वरको राज्यमा पस्नुपर्छ भनी बताए ।
23जब तिनीहरूले विश्वासीहरूको हरेक समूहमा एल्डरहरू नियुक्त गरे र उपवाससहित प्रार्थना गरे अनि तिनीहरूले विश्वास गरेका प्रभुमा उनीहरूलाई सुम्पिदिए ।
24त्यसपछि तिनीहरू पिसिदिया हुँदै पाम्फिलिया आए ।
25पर्गामा वचन बोलेपछि तिनीहरू अटालियातिर झरे ।
26त्यहाँबाट तिनीहरू जहाजमा चढेर एन्टिओखियातिर गए जहाँ उनीहरूले भर्खरै पुरा गरेका कामको निम्ति परमेश्वरको अनुग्रहमा तिनीहरू समर्पण गरिएका थिए ।
27तिनीहरू एन्टिओखियामा आइपुगेपछि सभा बोलाए अनि तिनीहरूले परमेश्वरले तिनीहरूसँग गर्नुभएका कामहरू र गैरयहूदीहरूका बिचमा कसरी उहाँले विश्वासको ढोका खोलिदिनुभयो, सोबारे सबै कुरा बताए ।