Text copied!
CopyCompare
पवित्र बाइबल - प्रेरित - प्रेरित 13

प्रेरित 13:3-21

Help us?
Click on verse(s) to share them!
3सभाले उपवास प्रार्थना गरिसकेपछि, र तिनीहरूले यी मानिसहरूमाथि हातहरू राखेर प्रार्थना गरे र उनीहरूलाई पठाइदिए ।
4त्यसकारण पवित्र आत्माको आज्ञा शाऊल र बारनाबासले माने र तल सिलुसियामा गए, अनि त्यहाँबाट जहाज चढी साइप्रसको टापुतिर गए ।
5सलामिस सहरमा हुँदा, उनीहरूले यहूदीहरूको सभाघरमा वचन घोषणा गरे र सहायताका लागि यूहन्‍ना मर्कूस पनि उनीहरूसँगै थिए ।
6उनीहरू पुरै टापु पार गरेर पाफोस पुगेपछि एक जना जादुगर यहूदी झुटा अगमवक्‍तालाई भेट्टाए, जसको नाउँ बार येशू थियो ।
7यो जादुगर त्यहाँको प्रान्तीय शासक सर्गियस पौलससँग सम्बन्धित थियो, जो एक विद्वान मानिस थिए । उनले शाऊल र बारनाबासलाई बोलाए किनभने तिनी परमेश्‍वरको वचन सुन्‍न चाहन्थे ।
8तर इलुमास, ‘‘जादुगर’’ ले तिनीहरूको विरोध गर्‍यो (यसरी नै उसको नाउँ अनुवाद गरिन्छ); उसले प्रान्तीय शासक सर्गियस पौलसलाई विश्‍वासबाट फर्काउन प्रयास गर्‍यो ।
9तर शाऊल जसलाई पावल पनि भनिन्छ, पवित्र आत्माले भरिएर, उसलाई एकटक लाएर हेरे
10र भने, तँ शैतानको छोरो, तँ छल र दुष्‍टताले भरिएको छस् । तँ हरेक प्रकारको धार्मिकताको शत्रु होस् । तैले प्रभुको सोझो बाटोलाई बड्ग्याउन कहिल्यै छोड्दैनस्, छोड्छस् र ?
11अब हेर्, प्रभुको हात तँमाथि परेको छ र तँ अन्धो हुनेछस् । केही समयका लागि तैँले घाम देख्‍ने छैनस् ।’’ तुरुन्तै त्यहाँ बाक्लो तुवाँलो र अन्धकारले एलुमासलाई ढाक्यो र हात समातेर डोर्‍याइदिऊन् भन्दै यताउति मानिसहरूलाई आग्रह गर्न थाल्यो ।
12प्रान्तीय शासकले जे भएको थियो त्यो देखेपछि उनले विश्‍वास गरे, किनभने उनी प्रभुको शिक्षाबारे चकित भएका थिए ।
13अब त्यसपछि पावल र उनका साथीहरू पाफोसबाट पानीजहाजमा चढी पाम्फिलियाको पर्गामा आए । तर यूहन्‍नाले उनीहरूलाई छोडेर यरूशलेमतिर फर्के ।
14पावल र उनका साथीहरू पर्गाबाट यात्रा गर्दै पिसिदियाको एन्टीओखियामा आइपुगे। त्यहाँ उनीहरू विश्राम दिनमा सभा घरमा गए र बसे ।
15अनि व्यवस्था र अगमवक्‍ताहरूका पुस्तक पढिसकेपछि सभाघरका अगुवाहरूले उनीहरूलाई यसो भनेर सन्देश पठाए, “भाइहरू हो, यदि तपाईंहरूसँग यहाँ भएका मानिसहरूको निम्ति कुनै उत्साहको सन्देश छ भने भन्‍नुहोस् ।”
16त्यसकारण पावल उठे र हातले इसारा गर्दै उनले भने, “इस्राएलका मानिसहरू र जसले परमेश्‍वरलाई आदर गर्नुहुन्छ, सुन्‍नुहोस् ।
17इस्राएलका यी मानिसहरूका परमेश्‍वरले हाम्रा पितापुर्खाहरूलाई चुनेर र मिश्रदेशमा रहँदा तिनीहरूलाई संख्यामा धेरै बढाउनुभयो र आफ्नो उचालिएको बाहुलीद्वारा तिनीहरूलाई त्यहाँबाट बाहिर निकाल्नुभयो ।”
18उहाँले झण्डै चालिस वर्षसम्म तिनीहरूलाई उजाड स्थानमा सहनुभयो।
19कनानमा भएका सातवटा जातिहरूलाई उहाँले नास गरिसकेपछि हाम्रा मानिसहरूलाई तिनीहरूको भूमि आफ्नो उत्तराधिकारका लागि दिनुभयो ।
20यी सबै घटनाहरू हुन चारसय पचास वर्षको अवधिमा भएका हुन् । यी सबै कुरापछि परमेश्‍वरले शमूएल अगमवक्‍ताको समयसम्म तिनीहरूलाई न्यायकर्ताहरू दिनुभयो ।
21त्यसपछि, मानिसहरूले एउटा राजाको माग गरे, त्यसैले परमेश्‍वरले बेन्यामिन कुलको किशका छोरा शाऊललाई चालिस वर्षसम्मको निम्ति दिनुभयो ।

Read प्रेरित 13प्रेरित 13
Compare प्रेरित 13:3-21प्रेरित 13:3-21